Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजको पञ्चाङ्ग र राशीफल यस्तो छ्,


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २९ २०७९
  • 2.3K
    SHARES

आजको पञ्चाङ्ग
बि.स.२०७९ फागुन २९ गते, साेमवार, १३ मार्च २०२३। चैत्र कृष्णपक्ष षष्ठी तिथि, १८ः३७ बजेदेखि सप्तमी। अनुराधा नक्षत्र। चन्द्रराशि– वृश्चिक । पञ्चाङलाई परापूर्वकालदेखि नै अत्यन्तै महत्वपूर्ण मानिन्छ । ज्योतिष शास्त्रमा पनि पञ्चाङलाई धेरै महत्व दिइएको छ र पञ्चाङ पढ्नु र सुन्नुलाई निकै शुभ मानिन्छ । आज का पञ्चाङ हिन्दीमा – पञ्चाङ पञ्चाङमा सूर्योदय-सूर्यास्त,चन्द्रोदय-चन्द्रास्त अवधि, तिथी, नक्षत्र, मुहूर्त, योगकाल, करण, सूर्य-चन्द्रमा,चोघडिया मुहूर्त दिइएको छ। यस हिन्दी पञ्चाङमा आजको पञ्चाङसँगै २०२३ को प्रत्येक महिनाको दैनिक पञ्चाङ पनि दिइएको छ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउनेछ। पहिलेका समस्या सच्याउने अवसर भने प्राप्त हुनेछ। केही काम दोहोर्याउनुपर्ने स्थिति आए पनि प्रयत्न गर्दा सहयोगीहरूको साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। तर अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउला। शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ। सुझबुझका साथ काम लिएमा उपलब्धि प्राप्त हुनेछ। व्यापारमा सामान्य फाइदा भइरहनेछ। सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकारका लागि अलि सजग रहनुपर्ला। प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन्। काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। तापनि मिहिनेत गर्दा नियमित काम बन्नेछन् र सामान्य फाइदा पनि हुनेछ। भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। परिस्थितिले नयाँ कर्मतर्फ अग्रसर गराउन सक्छ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्ठ्यारा परिस्थितिले काम गर्न विलम्ब हुनेछ। समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान्। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। पढाइलेखाइमा त्यति समय दिन नसकिएला। अरूको विश्वास गर्दा धोका हुन सक्छ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय छ, सजग रहनुपर्ला। लगनशील बन्नेहरूलाई दिगो फाइदा हुन सक्छ। पहिले टाढिएका आफन्त भने नजिकिएलान्। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। पारिवारिक मतभेदले कामका बाधा पुर्याउन सक्छ। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। तर आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउन सक्छ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसर प्राप्त भए पनि भेटघाटले अलमल्याउन सक्छ। पहिरन र खानपानले केही खर्च पनि बढाउला। प्रयत्न गर्दा काम भने बनाउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ। सामाजिक दायित्व बढ्नेछ। खानपानको असावधानीले स्वास्थ्यमा बाधा हुन सक्छ। पदासीन व्यक्तिहरूले केही अवरोध गर्न सक्छन्। तापनि पहिलेको उपलब्धिले नयाँ अवसर दिलाउन सक्छ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पछिका लागि केही वस्तु त्याग्नुपर्ला। खर्चिलाे काममा लगानी गर्नुपर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। तर, विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा उठाउन नसकिएला। कर्जामार्फत रकम जुट्नेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। खर्च लागे पनि लगानीकाे अवसर आउन सक्छ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने अवसर प्राप्त हुनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
आँटले काम लिन नसक्दा केही पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्ने समय छ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पहिलेका कमजोरीले केही समस्या उब्जाए पनि सोचेको काम सम्पादन गर्न सकिनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम सम्पादन गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिमा पनि समस्या दर्साउँदा सहयोगीहरूको साथ जुट्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४