काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका पौडेलले आइतबार नेपाली कांग्रेसको सबै पदबाट राजीनामा बुझाएका हुन् ।
पौडेलको राजीनामापत्र नेपाली कांग्रेसका नेता राजुराज जोशीले पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएका छन् ।
नेपाली कांग्रेसको वरिष्ठ नेताको जिम्मेवारीबाट पौडेलले राजीनामा बुझाएको नेपाली कांग्रेस कार्यालयका सचिव प्रकाश शर्माले बताएका छन् ।