Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शान्ति प्रक्रियाको काम रोकिनुमा नेकपा एमाले बाधक : देव गुरुङ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २८ २०७९
  • 1.5K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा एमालेको असहयोगका कारण द्वन्द्वकालीन घटनामा न्याय निरुपण यथावत रहेको बताएका छन् । आइतबार नेकपा माओवादी घटक दलहरुले गरेको संयुक्त कार्यक्रममा महासचिव गुरुङले अघिल्लो प्रतिनिधिसभामा दर्ता भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक नेकपा एमालेको असहयोगका कारण रोकिएको बताए ।

सरकारले सर्वोच्च अदालतको आदेश अनुसार सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐन संसदमा दर्ता गरेको तर नेकपा एमालेको असहयोगले रोकिएको उनको दाबी छ ।

‘पटक पटक दलहरुका बीचमा सहमति नजुट्दासम्म विधेयक अगाडि बढ्न सकेन, विडम्बनाको विषय भनौं नेकपा एमालेको नेतृत्वले शान्ति प्रक्रिया टुंग्याउन लगातार नकारात्मक खालको धारणा राख्दै आयो’ महासचिव गुरुङले भने, ‘विधेयक अन्तिम समयमा पुग्दा पनि उहाँहरुको फरक धारणाका कारण डेडलक भयो ।’

उता सदनमा विधेयक अड्काउने र अर्कोतर्फ द्वन्द्वकालीन मुद्दालाई फौजदारी मुद्दा सरह नियमित अदालतमा लैजाने प्रवृत्ति देखिएको गुरुङले बताए । संक्रमणकालीन न्यायका विषयलाई फौजदारी मुद्दासरह व्यवहार गर्नु बृहत शान्ति सम्झौता र संवैधानिक मान्यता विपरीत हुने उनको जिकिर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४