Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपति पौडेलले गरे पुष्पलालको शालिकमा माल्यार्पण


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २७ २०७९
  • 1.6K
    SHARES

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल पार्कमा पुगेर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शालिकमा माल्यार्पण गरेका छन् ।

उनलाई पार्कमा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव नेपाल, नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल, काठमाडौ- १० का प्रतिनिधि सभा सदस्य राजन केसी लगायतले स्वागत गरेका थिए ।

सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेलले पार्क, प्रतिष्ठानको भवनको अवलोकन गरेका थिए । यसअघि शुक्रबार नवनिर्वाचित राष्ट्रपति पौडेलले पशुपतिनाथ मन्दिर र गुहेश्वरी मन्दिरमा पूजा गरेका थिए ।

शुक्रबार नै पौडेलले सुन्दरीजलस्थित वीपी संग्रहालय पुगेर वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका नेताहरूको सालिकमा माल्यार्पण गर्नुका साथै संग्रहालय परिसरमा वृक्षारोपण गरेका थिए । शुक्रबार साँझ नै राष्ट्रपति पौडेलले विश्वसम्पदा सूचीमा सुचीकृत स्वयम्भूनाथ क्षेत्रको पनि भ्रमण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४