Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशभरका क्याम्पसमा स्ववियु उम्मेदवारी दर्ता आज


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २७ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि शनिबार देशभरका आंगिक र सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता हुँदैछ  । उम्मेदवारी दर्ताका लागि क्याम्पसहरूमा शुक्रबार उत्साहजनक रूपमा मनोनयनपत्र वितरण भएको थियो । यस पटक स्ववियु निर्वाचन प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीअनुसार हुँदैछ ।

१४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनका लागि निर्वाचन समितिले शनिबार बिहान ११ देखि २ बजेसम्म उम्मेद्वारी दर्ताको समय छुट्याएको छ ।

उम्मेदवार बन्न २८ वर्षे उमेरहद लागू गरिएको छ ।

शनिबार नै प्रत्यक्षतर्फका उम्मेदवारको नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । चैत ५ मा हुने निर्वाचनका लागि समितिले नमुना मतपत्र बनाएर क्याम्पसहरूमा समेत पठाइसकेको छ । ६२ आंगिक क्याम्पसमा १ लाख ६२ हजार मतदाता रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । काठमाडौं त्रिचन्द्र बहुमुखी क्याम्पसले भने मतदाता सूची सार्वजनिक गर्न सकेको छैन ।

निर्वाचनमा काठमाडौं उपत्यकाभित्रका २२ आंगिक क्याम्पसका साढे ६६ हजार र उपत्यकाबाहिरका साढे ९५ हजार विद्यार्थी सहभागी हुँदै छन् । यसबाहेक सामुदायिक र निजी क्याम्पसमा पनि स्ववियु चुनाव गराउन त्रिविले सर्कुलर गरेको छ । त्रिविअन्तर्गत ५ सय २३ सामुदायिक र ५ सय १७ निजी क्याम्पस छन् ।

इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका पुल्चोक,थापाथली, पश्चिमाञ्चल क्याम्पस पोखरा, पूर्वाञ्चल क्याम्पस धरानले विद्युतीय मतदान प्रणालीबाट निर्वाचन गर्ने तयारी गरेका छन् । केन्द्रीय क्याम्पस कीर्तिपुरले पनि विद्युतीय मतदान गराउने निर्णय गरेको छ ।

निर्वाचनका लागि एउटै क्याम्पसमा २४ वटासम्म विद्यार्थी संघ संगठन र समूह दर्ता भएका छन् ।

२०१८ सालदेखि त्रिविमा स्ववियुको सुरुवात भएको थियो । २०३६ सालदेखि दुई/दुई वर्षमा सञ्चालन हुँदै आएको निर्वाचन २०७३ देखि नियमित हुन सकेको छैन ।

स्ववियु निर्वाचनको मतदान ५ चैतमा बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४