Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मगर कथानक चलचित्र ‘उखान’ पोखरामा चैत २५ गते प्रदर्शन हुने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २७ २०७९
  • 5K
    SHARES

©मदनमणी तिमिल्सीना !

पोखरा  । नेपाली र मगर भाषामा निर्माण भएको मगर कथानक चलचित्र ‘उखान’ काठमाडौंमा चैत १८ र पोखरामा चैत २५ गते प्रदर्शन हुने भएको छ ।
मगर कथानक चलचित्र ‘उखान’ निर्माता समूहले आज (शुक्रबार) पोखरामा पत्रकार सम्मेलन गर्दै नेपाली र मगर भाषामा निर्माण भएको फिल्मी पोखरामा चैत २५ गतेको मिति तय भएको जानकारी दिएको हो । मगर कथानक चलचित्र ‘उखान’का निर्माता मेक बहादुर आलेले हराउँदै गएको मगर समुदायको भाष र संस्कृतिलाई समेटेर ‘उखान’ मगर चलचित्र निर्माण गरेको बताए ।

‘पछिल्लो समय मगर समुदायमा भाषा र संस्कृति लोप हुँदै गएको छ, त्यसैको जर्गेना स्वरुप चलचित्र निर्माण गरेका छौं, निर्माता आलेले भने, ‘ काठमाडौंमा चैत १८ र पोखरामा चैत २५ गते प्रदर्शन गर्ने तयारी गरेका छौं ।’ उनले चलचित्र प्रदर्शनबाट आएको रकम सामाजिक सेवामा खर्च गर्ने समेत जानकारी गराए ।‘देशको विभिन्न जिल्लाहरुमा चलचित्र प्रदर्शन गर्ने तयारी अनुसार पोखरामा आएका छौं, चलचित्र प्रदर्शनबाट आएको रकम सामाजिक क्षेत्रमा खर्च गर्ने निर्णय गरेका छौं ।’ उनले भने ।

निर्माता आलेका अनुसारमा पोखरामा चैत २५ गते पोखरा १० भामरकोट पार्टी प्यालेसमा मगर कथानक चलचित्र ‘उखान’ प्रदर्शन हुँदै छ ।
पत्रकार सम्मेलनमा चलचित्र ‘उखान’का निर्देशक प्रकाश कुमार दर्लामीले मगर समुदायमा हराउँदै गएको भाषा र संस्कृतिबाट नै चलचित्रको सुरुवात भएको बताए । ‘मगर कथानक चलचित्र ‘उखान’, चलचित्र मगर भाषामा मात्र छैन, नेपाली र मगर भाषामा चलचित्र तयार भएको छ, दर्लामीले भने, ‘चलचित्र हलमा प्रदर्शन हुने भएपनि हामीले बजारमा मात्र नभएर ग्रामीण क्षेत्रमा समेत चलचित्र प्रदर्शन गर्दै छौं ।’

एक्सन फिल्मसको ब्यानरमा निर्माण भएको ‘उखान’ चलचित्र प्रकाश कुमार दर्लामीको लेखन निर्देशन, कार्यकारी निर्माता मेकबहादर आले, सहनिर्देशक न्यूसन दर्लामी मगर, टेक बहादुर अस्तानी र देव कुमार दर्लामीको निर्माता, निर्मला थापा मगर र सुनिता आले मगर सह–निर्मातामा चलचित्र तयार भएको छ ।
चलचित्रमा कलाकार खड्ग बहादुर पुन (खबपु), कविता आले, प्रकाश कुमार दर्लामी, रिमा काउचा मगर, काजिमान पुलामी, धनमाया सोति मगर, हेमा पुन मगर, बलबिक्रम थापा, सावित्री रानामगर, मेक आले, शंकर सुनुवार, दीपक योगी, लक्ष्मी श्रेष्ठ,सुर्य बहादुर थापा, प्रविन राई, ध्वज मगर, नन्द कुमारी एस्माली, उषा अर्मजा, आर्यन लामा, रुपक योगी र बाल कलाकारमा नम्रता पुन मगरको मुख्य अभिनय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४