Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कलम चलाउँदा दुर्घटना नहुने गरी भाषाको प्रयोग गर्नु पर्ने : मुख्यमन्त्री अधिकारी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २६ २०७९
  • 4.7K
    SHARES

©मदनमणी तिमिल्सीना !
पोखरा । क्रियाशील पत्रकारहरुका लागि पोखरामा भाषा सम्पादन तालिम सुरु भएको छ । पोखरा महानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा शुक्रबार देखि आइतबार सम्म तालिम हुनेछ ।

तालिमको सहजकर्ताको रुपमा भाषाविज्ञ शरच्चन्द्र वस्ती र विमल आचार्य रहेका छन् । तालिमको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे । उनले भाषा अग्रगामी हुने र भाषाको विषयमा पत्रकार सक्षम हुनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । तालिमले भाषाको कलात्मकताको विषयमा सुधार ल्याउन मदत पुग्ने विश्वास लिएका छन् । ‘संचार जगतमा काम गर्ने संचारकर्मीले भाषाका विषयमा ख्याल गर्नुपर्ने देखिन्छ । भाषाका विषयमा समयसापेक्ष हुन सकेनौं भने स्वभाविक रुपमा आक्रमण हुँदै जान्छ ।’, उनले भने ।

भाषाको विषयलाई व्यापक बनाउन सबै सचेत हुनुपर्ने आवश्यकता रहेको भनाई मुख्यमन्त्रीको छ । कलम चलाउँदा दुर्घटना नहुने गरी भाषाको प्रयोग गर्न पत्रकारलाई उनले आग्रह गरेका छन् । भाषा सम्पादनको तालिमले नयाँ उर्जा मिल्ने उनले बताए ।
सहजकर्ता शरच्चन्द्र वस्तीले मुल संचार माध्यम भनेकै भाषा भएको उल्लेख गरे । उनले सबैखालको विषयगत रिर्पोटिङका लागि भाषा महत्वपूर्ण भएको बताए । समाचारमा भाषाको प्रयोग गर्दा अनर्थ नलाग्ने शब्दको प्रयोग गर्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।

प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले संचारमाध्यममा आएका समाचारमा भाषाशैली स्तरिय नहुँदा समस्या आएको बताइन् । भाषाको स्तर गिर्दो हुँदा समाजमा विकृति फैलिएको अभिव्यक्ति उनको छ । उनले समय समयमा भाषाका विषयमा तालिम गर्दै जानुपर्ने सुझाव दिएकी छिन् ।

पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोबिन्द सुवेदीले भाषा शुद्धिकरणमा तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । उनले समाचार लेखनमा भाषाको अज्ञानता हुँदा वेअर्थ लाग्ने गरेको भनाई उनको छ ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पोखरा महानगरपालिकाको सहयोगमा आयोजना गरिएको भाषा सम्पादन तालिम फलदायी हुने विश्वास लिएकी छिन् । उनले भाषा माथि नै प्रश्न चिन्ह खडा हुँदा भाषा सम्पादनको तालिम आवश्यक ठानेर आयोजना गरिएको जानकारी गराइन् । गण्डकी सरकार प्रेसमैत्री तवरले अगाडि बढेमा संचारमाध्यममा भाषाका विषयमा आएका समस्यालाई समाधान गर्ने गरी लाग्न सकिने धारणा उनको छ । प्रेस सुधारमा सरकारको दायित्वको पनि अपनत्व हुने गरी लाग्न उनले आग्रह गरेकी छिन् ।

तालिमका संयोजक पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले नेपाली भाषामा पटकपटक आक्रमण हुँदा समस्या खेप्नुपरेको बताए । जसलाई समाधान गर्न यस्ता तालिमको आवश्यक पर्ने भनाई उनको छ । पोखरामा क्रियाशील पत्रकारिता गर्दै आएका पत्रकारहरुले तालिम बाट लाभ लिनेमा उनी विश्वस्त देखिन्छन् । तालिममा ५५ जनाको सहभागिता छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४