Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

होलीलाई मर्यादित बनाउन प्रहरीको चेकिङ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २२ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । होलीमा हुनसक्ने उच्छृंखल गतिविधि नियन्त्रणका लागि प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । कसैको इच्छा विपरीत रंग वा अबिर दल्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने लगायतका गतिविधि हुनसक्ने भन्दै चेकजाँचमा कडाइ गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबारमार्ग, भद्रकाली, बग्गीखाना लगायतका स्थानमा ट्राफिक प्रहरीको सहयोगमा चेकजाँच गरिएको छ । काठमाडौं प्रहरी परिसरले मर्यादित ढंगले होली मनाउन आग्रह गर्दै अघिल्लो दिन माइकिङ समेत गरेको थियो ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्शालका एसएसपी दीपेन्द्र जिसीले अहिलेसम्म होली शान्तिपूर्ण रहेको र कुनै अप्रिय खबर नआएको बताए ।

नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले सतर्कताका साथ होली खेल्न र सम्भावित दुर्घटनाबाट जोगिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रहसमेत गरेको छ ।

आज फागु पूर्णिमाको अवसरमा देशका पहाडी भूभागमा होली खेलेर मनाइँदैछ । पहाडी जिल्लामा आज र तराई मधेशका जिल्लाहरुमा भोलि होली खेल्ने परम्परा छ । होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४