Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाएर निहुँ खोजियो : बाबुराम भट्टराई


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २१ २०७९
  • 3.1K
    SHARES

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाएर निहुँ खोजिएको बताएका छन् । जनयुद्धका सहिद तथा बेपत्ता सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाएर जिस्क्याउन खोजेको बताएका छन्  ।

बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? यो निहुँ खोज्या होइन ? तीन वर्ष अघि सामान्य भनेको अभिव्यक्तिलाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाऊ भन्न मिल्छ ? भट्टराईले भने, ‘यो निहुँ खोज्या हो जिस्केको होइन ? यस्ता कुरामा सबै माओवादी घटकहरू सहकार्य गर्न सक्छौ।

अब माओवादी नाममा धेरै मोह नगरेर सबै पूर्व माओवादीहरू एक हुनुपर्ने भट्टराईले बताए । ‘मैले अठोट गरेको छु । अब नयाँ पुस्ता आउनुपर्छ । अरूले चुनाव नलड् भनेर होइन । मलाई अझै पनि जनताले जिताउने थिए । म ६९ वर्ष भइसके अब नयाँ साथीहरू आउनुपर्छ भनेर छोडेको हुँ’ भट्टराईले भने, ‘पार्टीलाई जनवादीकरण गर्नुपर्छ । नयाँ आधारमा एकता गर्न सकिन्छ । अब माओवादी भनेर पार्टी बनाइ राख्न जरुरी छैन ।’ अब फेरि सबै माओवादी एक भएर जानुको विकल्प नरहेको उनले बताएका छन्  ।

‘मैले मन बनाइसकेको छु । पार्टी एकता गर्न गला मिलाउनुभन्दा अघि बहस गरौँ । मिल्न सक्नेहरू एउटै पार्टी बनाएर जाऊँ । एकता हुन नसक्नेहरू मोर्चा गरेर जाऊँ भट्टराईले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४