Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्डविरुद्धको मुद्दाबारे गठबन्धनमा छलफल हुने निवेदकसँग नेपाली कांग्रेस संवादमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २१ २०७९
  • 1.6K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दा दर्ता गर्नु भनी सर्वोच्च अदालतले दिएको आदेशमाथि ८ दलीय गठबन्धनभित्र छलफल हुने भएको छ । प्रधानमन्त्री प्रचण्डले आइतबार अपरान्ह ४ बजे ८ दलीय गठबन्धनको बैठक बोलाएका छन् । नेपाली कांग्रेसका एक पदाधिकारीका अनुसार बैठकमा आजको बैठक प्रचण्डविरुद्धको मुद्दामा केन्द्रित हुने छ ।

गत कात्तिकमा रामेछापका ज्ञानेन्द्र आरणसहितले ‘सशस्त्र द्वन्द्वकालमा मारिएका १७ हजार नागरिकमध्ये ५ हजारको जिम्मा लिन्छु’ भन्ने प्रचण्डको अभिव्यक्तिलाई आधार बनाएर उनलाई हत्या अभियोगमा पक्राउ गरी मुद्दा चलाउन माग गर्दै रिट निवेदन दिएका थिए । उनको उक्त रिट निवेदन सर्वोच्च प्रशासनले दरपिठ गरेर गरेको थियो । तर अरुण दरपिठ आदेशविरुद्ध पुनः अर्को रिट लिएर सर्वोच्च गएका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले शुक्रवार प्रचण्डविरुद्धका रिट निवेदन दर्ता सर्वोच्च प्रशासनलाई आदेश दिएपछि नेकपा माओवादी केन्द्र झस्किएको छ । प्रचण्ड सर्वोच्च अदालतले दिएको आदेश विस्तृत शान्ति सम्झौता विपरीत भएको नेकपा माओवादी केन्द्रले ठहर गरेको छ । यता नेपाली कांग्रेसले पनि प्रचण्डविरुद्धको मुद्दा अगाडि बढाउने आफ्ना कार्यकर्ता ज्ञानेन्द्रराज आरण र जितेन्द्र मोक्तानसँग कुराकानी गरिरहेको छ । नेपाली कांग्रेसका नेताहरुका अनुसार मोक्तान मुद्दा फिर्ताको पक्षमा छन् भने आरणले मनिरहेका छैन ।

पीडितका नाममा राजनीति गर्न खोजेको भन्दै मोक्तानले आरणलाई निवेदनबाट आफ्नो नाम हटाउन भनिसकेका छन् । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका उनले भने, ‘मैले हिजो साँझ फोन गरेर रिट निवेदनबाट मेरो नाम हटाउन भनिसकेको छु । पीडितले न्याय पाउनुपर्छ । तर आरणले पीडितका नाममा राजनीति गर्ने खोजेको देखियो । जितेन्द्र मोक्तानले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४