Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

६ तलामाथिबाट खसेर माधव नेपालका भाइ सरोजको निधन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २० २०७९
  • 1.8K
    SHARES

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको निधन भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ समेत रहेका उपाध्यायको उपचारको क्रममा निधन भएको हो ।

उपाध्याय शनिबार साढे २ बजे शंखमुलस्थित बबिन्स रेष्टुरेन्टको छैटौँ तलाबाट खसेर गम्भीर घाइते भएपछि केही युवाले देखेर उनलाई तत्काल उद्दार गरेर सिभिल अस्पताल लगिएको थियो । सिभिल अस्पतालमा उपचार हुन नसकेपछि उनलाई अन्नपूर्ण न्युरो अस्पतालमा लगिएको थियो ।

उनको उपचारका क्रममा साढे ५ बजे निधन भएको प्रहरीले बताएको छ । उपाध्याय नेकपा एसको इन्जिनियर विभागका प्रमुख पनि थिए । उक्त घटनाबारे छानबिन भइरहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४