Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पल शाहलाई सफाइ दिने फैसला विरुद्ध अदालत बाहिर प्रदर्शन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १९ २०७९
  • 2.1K
    SHARES

काठमाडौँ । बाल यौन दुरुपयोगको मुद्दामा जिल्ला अदालत नवलपुरबाट दोषी ठहर भएका अभिनेता पल शाह (पूर्णविक्रम)लाई सफाइ दिएको फैसला विरुद्ध उच्च अदालत पोखरामा प्रदर्शन भएको छ ।

न्यायालयले गलत नजीर स्थापना गर्न लागेको भन्दै एक समूहले शुक्रबार उच्च अदालत पोखरामा १ घण्टा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो ।

उच्च अदालतले यौन दुर्व्यवहारलाई सामन्यिकरण गरेको भन्दै उच्च अदालत पोखराको प्रवेशद्धारमा केही युवायुववती भेला भएर प्रदर्शन गरे ।

विरोध प्रदर्शनमा सहभागीले ‘न्यायालयले गल्ती गर्ने अधिकार छैन’, ‘पितृसत्ताको पहरेदार बनेको न्यायालय होसियार’, ‘न्यायालयले नै अन्याय गर्दा न्यायको अपील कहाँ गर्ने ?’ ‘पोलेर बोलेको’, ‘बलत्कारलाई प्रवद्र्धन गर्ने संस्कार बन्द गरौं’, लगायतको पम्पलेट बोकेका थिए ।

न्यायालयबाटै पीडितलाई थप पीडा हुने निर्णय भएकाले आफूहरुले राज्यको खबरदारी गर्न शान्तिपूर्ण प्रदर्शन गरेको अभियान्ता सलिजा श्रेष्ठले बताइन् । ‘नवलपूर जिल्ला अदालतले बाल यौन दुराचारको अभियोगमा साढे २ वर्षको सजायको फैसला सुनाएको थियो । तर, यहाँबाट त्यो फैसलालाई बदर गरियो,’ उनले भनिन्, ‘यदि उहाँ गलत हुनुहुन्थेन भने बालयौन दुराचार अभियोग पनि लाउने थिएन नि, हामी जवाफ चाहन्छौं ।

अर्की अभियान्ता रिसु थापामगरले न्यायालयबाटै गलत नजीर प्रतिपादन हुने डर भएको बताइन् । ‘यो एउटामात्रै केस होइन । अब यसरी आफूविरुद्धको हिंसाबारे खुलाउन पनि डर लाग्ने स्थिति भइसक्यो,’ उनले भनिन्, ‘गलत नजीर नबसोस् भन्नका लागि पनि प्रदर्शन गरेका हौं ।’

उच्च अदालतबाट आइतबार बाल यौन दुरुपयोग अभियोगमा सफाइ पाएपछि तनहुँ कारागारमा रहेका शाह सोमबार रिहाइ भइसकेका छन् ।

नाबालिग बलात्कार अभियोग लागेका शाहलाई नवलपुर जिल्ला अदालतले बाल यौनदुरुपयोगमा दोषी ठहर गरेको थियो ।

तर उच्च अदालत पोखराका कायमुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिएको थियो ।

गम्भीर आरोपमा पुर्पक्षका लागि थुनामा रहेका शाहले उच्च अदालतबाट सफाइ पाएसँगै कतै विरोध त कतै आलोचना भइरहेको छ ।

एक नाबालिगले अघिल्लो फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहले बलात्कार गरेको भन्दै शाहविरुद्ध उजुरी दिएका थिए ।

उजुरीपछि शाहले फागुन १५ गते तनहुँ प्रहरीमा आत्मासमर्पण गरेका थिए । नवलपुरमा पनि सोही मुद्दामा एकै व्यक्तिले उजुरी दिएकी थिइन् । नवलपुर अदालतले शाहलाई बलात्कार मुद्दामा सफाइ दिँदै भदौ २१ गते बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो ।

दुवै पक्षले नवलपुर अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । माघ ३ गते तनहुँ अदालतले भने शाहलाई सफाइ दिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४