Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपप्रधानमन्त्री श्रेष्ठ आज दोहा जाँदै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १९ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन आज कतारको राजधानी दोहा जाँदैछन् । उपप्रधानमन्त्री श्रेष्ठ आज साँझ दोहा प्रस्थान गर्ने उनको सचिवालयका एक सदस्य विजय गौतमले जानकारी दिए ।

श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, उपप्रधानमन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, सांसद जितेन्द्र नारायण देव, नेपाल सरकारका सचिव, कतारका लागि नेपाली राजदूत लगायत छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार श्रेष्ठले ५ देखि ९ मार्च (फागुन २१ गतेदेखि २५ गतेसम्म) दोहामा आयोजना हुने सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नेछन् । उनी भने ७ मार्च (फागुन २३ गते) स्वदेश फर्किने कार्यक्रम छ ।

यसअघि यो सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने भनिएको थियो । तर बदलिंदो राजनीतिक परिस्थिति, २५ गते हुने राष्ट्रपति निर्वाचन लगायतका कारण प्रचण्डले आफ्नो भ्रमण रद्द गरेपछि उपप्रधानमन्त्री श्रेष्ठ दोहा जान लागेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री श्रेष्ठलाई सम्मेलनमा भाग लिन पठाउने निर्णय गरेको थियो ।

नेपालले यस वर्षदेखि एलडीसीको अध्यक्षता गर्ने तालिका छ । यसअघि मलावीले यसको अध्यक्षता गरिरहेको थियो । श्रेष्ठले भ्रमणका क्रममा एलडीसी सम्मेलनका प्लेनरी सेसनमा भाग लिनेछन् भने विभिन्न देशका प्रतिनिधिसँग द्विपक्षी छलफलसमेत गर्ने कार्यक्रम रहेको परारष्ट्र मन्त्रालयले जनाएको छ । साथै, दोहामा रहेका नेपालीहरूसँग समेत मन्त्री श्रेष्ठले भेट तथा छलफल गर्ने कार्यक्रम रहेको छ ।

उनले विभिन्न देश तथा संघ संस्थाका प्रतिनिधिहरुसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची समेत छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४