Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय महिला लिगको दोस्रो चरण नहुने, शीर्ष तीनलाई पुरस्कार दिइने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १७ २०७९
  • 1.6K
    SHARES

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरण नगर्ने भएको छ । २०७८ साल चैतमा चितवनमा पहिलो चरणको लिग आयोजना गरेको एन्फाले दोस्रो चरणको आयोजना विराटनगरमा गर्ने भने पनि गर्न सकेन ।

बिहीबार बसेको एन्फा कार्यसमिति बैठकले २०७८ मा स्थगित भएको राष्ट्रिय महिला लिगलाई अंकको आधारमा पुरस्कार दिने निर्णय गरेको छ । ‘कोभिड महामारी लगायत विविध कारणवश स्थगन हुन पुगेको राष्ट्रिय महिला लिग २०७८ लाई अंकको आधारमा पहिलो दोस्रो तेस्रो स्थान निर्धारण गरी क्रमश ७ लाख, ५ लाख र ३ लाख पुरस्कार स्वरुप प्रदान गर्ने निर्णय गरियो’, एन्फाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

८ टिम सहभागी लिगको पहिलो चरणमा नेपाल एपीएफ क्लब सबै ७ खेल जित्दै २१ अंक जोडेर शीर्ष स्थानमा थियो । नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले ५-५ खेल जित्दै समान १५ अंक जोडेका थिए । विजेता एपीएफले ७ लाख, उपविजेता पुलिसले ५ लाख र तेस्रो भएको आर्मीले ३ लाख  रूपैयाँ पाउनेछन् ।

कर्मा छिरिङ शेर्पा अध्यक्ष हुँदा लिगको पहिलो चरण आयोजना गरिएको थियो ।

दोस्रो चरण आयोजना गर्न विराटनगर महानगरपालिकासँग सम्झौता समेत भइसकेको थियो । तर एन्फाकै निर्वाचन र प्रतिनिधि सभा र स्थानिय निर्वाचनपछि आएको परिवर्तनका कारण नयाँ नेतृत्वले महिला लिग गर्न सकेन ।

असारमा भएको निर्वाचनबाट कर्मा छिरिङलाई पराजित गरी पंकज विक्रम नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति आएको थियो । उनीहरुले महिला लिगको दोस्रो चरण सुरु गर्ने आश्वासन दिए पनि पूरा गर्न सकेनन् ।

अब एन्फाले अर्को वर्ष महिला लिग गर्ने तयारी गरेको छ । राष्ट्रिय महिला लिग ए डिभिजन लिग सञ्चालनको लागि विभिन्न एजेन्सीहरुसँग विस्तृत प्रस्ताव माग गर्ने र प्राप्त प्रस्तावहरु अध्ययन गरी उत्कृष्ट प्रस्तावलाई संघको आपतकालीन समितिबाट निर्णय गरी कार्यान्वयन गर्ने निर्णय गरियो’, कार्यसमितिको निर्णयमा लिगबारे लेखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४