Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा एमाले र नेपाली कांग्रेसले पूर्वप्रतिवद्धता छाडेर कोशी नाम प्रस्ताव गरे : राजेन्द्रकुमार राई


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १७ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा एमाले र नेपाली कांग्रेसले पूर्वप्रतिवद्धता छाडेर प्रदेशको नाम कोशी प्रस्ताव गरेको टिप्पणी गरेका छन् ।

बुधबार प्रदेश १ को प्रदेश सभाको बैठकमा प्रदेशको नाम किरात लिम्बुवान सगरमाथा प्रस्ताव गर्दै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले नेकपा एमाले र नेपाली कांग्रेसले पूर्वप्रतिवद्धता भुलेको आरोप लगाएका छन् ।

नेकपा एमालेले संविधानसभाको दुईवटै चुनावको प्रतिवद्धतामा पहिचानसहितको प्रदेशको विषय उठाएको उनले बताएका हुन्  । पहिलो संविधानसभामा पहिचान र भूगोल जोडेर नामाकरण गर्ने गरी १३ वटासम्म प्रदेश मान्न सकिने भनी नेकपा एमालेले नै प्रस्ताव गरेको दाबी गर्दै उनले अहिले पहिचानलाई मेट्ने गरी नाम प्रस्तुत गर्नु उचित नरहेको बताएका छन्  ।

नेपाली कांग्रेसले पनि विगतमा पहिचानलाई स्वीकार गरेको तर, अहिले आफ्नो प्रतिवद्धतालाई लत्याएको उनको आरोप छ । ‘द्वन्द्व पनि मेटिने पहिचान पनि भेटिने नाम राख्नुपर्छ भनेको थियो नेपाली कांग्रेसले’ उनले भने ।

आफूहरुले राखेको प्रस्तावले विगतमा नेपाली कांग्रेसले भनेकै विषय सम्बोधन गर्ने उनको भनाइ छ । नेकपा एकीकृत समाजवादीले ‘किरात लिम्बुवान सगरमाथा’ राख्ने प्रस्ताव प्रदेश सभा बैठकमा प्रस्तुत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४