Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश-१ को नाम “कोशी” राख्ने दलहरूबीच सहमति


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १७ २०७९
  • 2K
    SHARES

काठमाडौं । प्रदेश १ को नाम कोशी राख्ने बारेमा दलहरू सहमत भएका छन् । गोप्य बैठक बसेर दलहरू नाम राख्ने बारेमा सहमतिमा पुगेका हुन् । दलहरूले सरप्रपाईजको रूपमा प्रदेश-१ को नाम “कोशी” ल्याउने सहमतिमा पुगेका हुन् ।

आज बस्ने प्रदेश सभाको बैठकबाट प्रदेश १ को नाम प्रक्रियामा लगेर टुङ्गो लगाउने तयारी भएको नेताहरूले बताएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रदेश १ को नाम “कोशी” राख्नेमा सहमति गरेका हुन् ।

यसलाई जनता समाजबादी पार्टी जसपा”ले पनि समर्थन गरेको बुझिएको छ । पहिचानको मुद्दामा अडिएको नेकपा माओवादी केन्द्रले भने सरकारले ल्याएको नाममा भोट गर्ने जनाएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीले भने फरक नाम प्रस्तावको रूपमा लग्ने तयारी गरेको नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले जानकारी दिएका छन् ।

अरू दलले के प्रस्ताव लग्छन् थाहा भएन,’ उनले भने, ‘हामीले प्रदेश १ को नाम “किराँत-कोशी वा किराँत-सगरमाथा” मध्ये एक लग्ने तयारी गरेका छौँ । प्रदेश १ को नाम बहुपहिचानको आधारमा लिएर जाने तयारी रहेको उनले जानकारी दिएका छन् । करिब आजबाट प्रदेश नं १ को पनि नामकरण हुने निश्चित जस्तै भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४