Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डीएसपी कोजुलाई सेवाबाट हटाउने गृहमन्त्रालयको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १७ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । गृहमन्त्रालयले प्राविधिकतर्फ कार्यरत सशस्त्र प्रहरीका एक जना नायब उपरीक्षक (डीएसपी)लाई विभागीय कारबाहीको तयारी थालेको छ ।

गैरहाजिर भएका डीएसपी डाक्टर आशिष कोजुले चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि सशस्त्र गृहमन्त्रालयले विभागीय कारबाहीको तयारी थालेको हो ।

डीएसपी कोजु गत मंसिर ११ गतेदेखि जानकारी नगराई सम्पर्कविहीन भएका थिए । उनी हाजिर नभएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले सूचना टाँस गरेको थियो तर उनी सम्पर्कमा आएनन् ।

कोजु सम्पर्कमा नआएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले सेवाबाट हटाउनका आवश्यक कारबाहीको लागि गत पुस २५ गते गृहमन्त्रालयलाई अनुरोध गरी पत्र पठाएको थियो ।

सशस्त्रको पत्र अनुसार प्रक्रिया अघि बढाउन गृहमन्त्रालयले पनि माघ ५ गते सात दिनभित्र कारणसहित सफाइ पेस गर्न सूचना निकालेकोमा कोजुले संचित बिरामी बिदा स्वीकृत गरेर क्यानडामा उपचार गराइरहेको इमेल गरेका थिए ।

तर, कोजुले इमेलमा पठाएको निवेदन सन्तोषजनक नभई सशस्त्र प्रहरी नियमावली २०७३ विपरीत भएको गृहमन्त्रालयले ठहर गरेको छ ।

उनलाई नियमावली विपरीत काम गरेको भन्दै गृहमन्त्रालयले पुन: किन विभागीय कारबाही नगर्ने भनी सात दिने स्पष्टीकरण मागेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४