Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपति चुनावलगत्तै विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १६ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । नेकपा एमालेसँग सम्बन्ध तोडेर नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीसँग सहकार्य अघि बढाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब आफूप्रति प्रतिनिधिसभाको विश्वास कायमै रहेको देखाउनुपर्नेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सचिवालयका अनुसार राष्ट्रपतिको निर्वाचन लगत्तै संसदबाट विश्वासको मत लिएर सरकारलाई गति दिने प्रधानमन्त्री प्रचण्डको चाहना छ । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेपछि प्रधानमन्त्री प्रचण्डको सचिवालयले विश्वासको मत लिनुपर्छ कि पर्दैन भन्ने विषयमा राय लिएको थियो । त्यसक्रममा प्रधानमन्त्रीले विश्वासको मत नलिए पनि हुन्छ र लिनैपर्छ भन्ने दुबै खालको सुझाव आएको सचिवालयका एक सदस्य बताउँछन् ।

धेरैजसो सुझाव विश्वासको मत लिनुपर्छ भन्ने आएको र यसमा प्रधानमन्त्री प्रचण्ड पनि सकारात्मक भएको ले विश्वासको मत लिने निचोडमा पुगिएको नेताहरु बताउँछन् । सचिवालयका एक सदस्य भन्छन्, ‘राष्ट्रपतिको निर्वाचन लगत्तै विश्वासको मत लिएर संसद र सरकारलाई गति दिने कुरा नै बढी उत्तम हुन्छ भन्नेमा पुगिएको छ ।

बदलियो राजनीतिक समीकरण

राष्ट्रपति निर्वाचनमा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्ने भनी ८ दलबीच सहमति भएसँगै १० पुसमा प्रचण्ड नेतृत्वमा सरकार बन्दाको राजनीतिक समीकरण बदलिएको छ ।

प्रधानमन्त्री बन्दा प्रचण्डसँग संसदको दोस्रो ठूलो दल नेकपा एमाले थियो । नेकपा एमालेको ७८,नेकपा माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २०,राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको १४, जनता समाजबादी पार्टी  जसपाको १२, जनमत पार्टीको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र दुई स्वतन्त्र सांसद (प्रभु शाह र अमरेशकुमार सिंह) समेत गरी १६९ जनाको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए । पछि विश्वासको मत लिँदा प्रतिनिधिसभाका २६८ सांसदले समर्थन जनाएका थिए ।

जसमध्ये नेकपा एमाले र राप्रपाको मत प्रचण्डले गुमाएका छन् । तर, विश्वासको मत पाउँदा थपिएका नेपाली कांग्रेस,नेकपा एकीकृत समाजवादीसहितका दलहरु अहिले प्रचण्डसंग छन् । त्यसैले उनी गणितीय दृष्टिमा संसदमा अल्पमतमा देखिँदैनन् ।

राष्ट्रपति चुनावमा मिलेका ८ दलमध्ये नेपाली कांग्रेससँग ८८, नेकपा माओवादी केन्द्रसँग ३२, जसपासँग १२,नेकपा एकीकृत समाजवादीसँग १०, नागरिक उन्मुक्ति पार्टीसँग ४, जनमत पार्टीसँग ६ र राष्ट्रिय जनमोर्चा १ सांसद गरेर १५३ सांसद हुन्छन् । १९ सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समर्थन फिर्ता लिएको छैन । स्वतन्त्र सांसद प्रभु शाह र अमरेशकुमार सिंहले पनि समर्थन फिर्ता लिएका छैनन् ।

विश्वासको मत प्रधानमन्त्रीले आफूमाथि संसदको विश्वास छ भन्ने पुष्टि गर्ने व्यवस्था हो । सामान्यतः जब प्रधानमन्त्रीले संसदमा बहुमत गुमाउने अवस्था हुन्छ त्यस्तो बेला प्रतिनिधिसभामा रहेका प्रतिपक्षी दलहरुले प्रधानमन्त्रीलाई बहुमतसिद्ध गर्न माग गर्न सक्छन् ।

संवैधानिक कानुनका जानकार पूर्णमान शाक्य गणितीय रुपमा बुहमत संख्या पुग्ने भए पनि प्रधानमन्त्री प्रचण्डले त्यसको पुष्टि संसदबाटै गर्नुपर्ने बताउँछन् । एक महिनाभित्र प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको उनी बताउँछन् ।

‘विगतमा संविधान मिचिएका छन् भने पनि त्यसतिर ध्यान दिनु हुँदैन । नेकपा एमाले र राप्रपा जस्ता पार्टीहरुले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डसंग अर्को बाटो छैन, विश्वासको मत लिनुपर्छ’ उनले भने ।

संविधानको धारा १०० मा प्रधानमन्त्रीले विश्वासको मत लिने सम्बन्धी व्यवस्था छ । ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नु पर्नेछ’ संविधानको धारा १०० को उपधारा २ भनिएको छ । यसअनुसार प्रधानमन्त्री प्रचण्डले राप्रपाले समर्थन फिर्ता लिएको १३ फागुनको ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४