Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाँचौं सृजना कप सुरु दर्शकको मन जिते खेलाडी सधैँ बाँचिरहने मुख्यमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १६ २०७९
  • 2.8K
    SHARES

पोखरा, १६ फागुन । पोखरा रंगशालामा मंगलबारदेखि पाँचौं सृजना कप सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रतियोगिता सफलताको शुभेक्षा व्यक्त गरे । छोटो मन्तव्यमा उनले खेलका नियम पालना गर्दै अनुशासित ढंगले प्रतियोगितामा भाग लिन आग्रह गरे । उनले सम्पूर्ण दर्शकको मन जित्न सक्यो भने खेलाडी सदासदा बाँचिरहने बताए । ‘तपाईंहरु सबैले जित्नुहोस्,’ उनले भने, ‘पुरस्कार जित्ने एक होलान् तर सम्पूर्ण दर्शकको मन जित्न सक्यो भने खेलाडी सदासदा बाँचिरहन्छ ।’ गण्डकी प्रदेश सरकारतर्फबाट प्रोत्साहन हुने तथा हौसला प्रदान हुने यस्ता सबै काममा सकारात्मक सहयोग गर्नेमा आफू दृढ रहेको मुख्यमन्त्री अधिकारीले बताए ।

प्रदेश खेलकुद परिषद् गण्डकी उपाध्यक्ष धोजकुमार गुरुङले परिषद्ले खेलकुदको विकासमा विविध कार्यक्रम गर्दै आएको उल्लेख गर्दै खेल विकाससहित प्रतियोगिताले प्रतिभा प्रस्फुटनमा सघाउ पुग्ने औंल्याए । पोखरा वडा १५ अध्यक्ष एवं कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष तोरणबहादुर बानियाँले खेलले एक मनसँग अर्को मन जोड्न मद्दत मिल्ने बताए ।

कार्यक्रममा सृजना विकास केन्द्र सल्लाहकार समिति संयोजक गणेशबहादुर अधिकारी, जनप्रिय बहुमुखी क्याम्पस संचालक समिति अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे, जनप्रिय मावि व्यवस्थापन समिति अध्यक्ष परशुराम बराल, खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
आयोजक सृजना विकास केन्द्र अध्यक्ष कृष्णबहादुर थापाले प्रतियोगिता नियमितरुपमा संचालन गर्दै जाने र आगामी दिनमा खेलाडीको हितको लागि अक्षयकोषसमेत स्थापना गर्ने बताए । उनले भलिबल एकेडेमी संचालन गर्दै लुकेर रहेको प्रतिभा उजागर गर्दै जाने बताए ।

सृजना विकास केन्द्र अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा कास्की जिल्ला भलिबल संघ महासचिव टंकराज पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन प्रतियोगिता संजोजक मीनप्रसाद भट्टराईले गरेका थिए । सो अवसरमा जनप्रिय स्कुलका विद्यार्थी नृत्य प्रस्तुत गरे । सृजना विकास केन्द्रले कास्की जिल्ला भलिबल संघसँग मिलेर सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबल संचालन गरेको हो । फागुन १६ देखि १९ सम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा चल्ने प्रतियोगितामा ४५ टिमले भाग लिएका छन् । तीमध्ये छात्रतर्फ ३० र छात्रातर्फ १५ टिम रहेको सृजना विकास केन्द्रका निवर्तमान अध्यक्षसमेत रहेका प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले बताए ।

छात्रछात्रा दुवैतर्फ विजेतालाई १÷१ लाख, उपविजेतालाई ६०÷६० हजार र तृतीय हुने विद्यालयलाई ३५÷३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सर्वोत्कृष्ट छात्रछात्रालाई जनही ५ हजार र अन्य ६ विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ । उत्कृष्ट प्रशिक्षकले ५ हजार पाउने छन् । भलिबल खेल विकास, बिस्तार र खेलाडी उत्पादनका लक्ष्यमा यो प्रतियोगिता सफल हुँदै आएको आयोजक कास्की जिल्ला भलिबल संघ अध्यक्ष विष्णुबहादुर गुरुङ बताउँछन् । सृजना विकास केन्द्रका पूर्व अध्यक्ष एवं सल्लाहकार समिति संयोजक गणेशबहादुर अधिकारीले विगतमा क्लबले विद्यालयस्तरमा सृजना रनिङ शिल्ड आयोजना गरेको स्मरण गर्दै सृजना कप रुपमा यहाँसम्म आइपुग्दा खुसी व्यक्त गर्छन् ।

प्रतियोगितामा १२ लाख ५० हजार आम्दानी हुने र ११ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । बचत भलिबल खेलको विकासको निम्ति कोष स्थापना गरिने तथा सृजना विकास केन्द्रद्वारा संचालित सृजना बालगृहमा सहयोग गरिने संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले बताए । उद्घाटनका दिन पहिलो चरणका खेल भएका छन् । गत वर्ष पोखराको भकुण्डेस्थित शान्ता माविले दोहोरो उपाधि जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४