Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्त्री बन्न दौडधुप : अर्थ र भौतिकमा एकीकृत समाजवादीले दाबी गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १६ २०७९
  • 3.3K
    SHARES

काठमाडौं । पुस १० मा बनेको सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मन्त्री बन्न गठबन्धन दलका नेताहरु दौडधुपमा लागेका छन् । यस्तो दौडमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत दलका नेताहरु लागि परेका छन् । मन्त्रीका आकांक्षीहरु शीर्ष नेताहरुलाई भेटेर आफ्नो पक्षमा माहोल बनाउने प्रयासमा लागेका छन् ।

नेकपा एमालेले सोमबार सरकार छाडेसँगै १६ वटा मन्त्रालय मन्त्रिविहीन बनेका छन् । नेकपा एमालेअघि राप्रपा र रास्वपाले पनि सरकार छोडिसकेका छन् । आफु नेतृत्वको सरकार गठन हुँदा समर्थन गरेका दलहरुले सरकार छोडेपछि प्रधानमन्त्री प्रचण्डले नयाँ दलहरुलाई समेटेर मन्त्रिमण्डललाई पूर्णता दिने र विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि आठ दलीय गठबन्धनका शीर्ष नेताहरुमा सामान्य छलफल भएपनि ठोस छलफल अघि बढिसकेको छैन ।

मन्त्रिमण्डल विस्तार र विश्वासको मत लिने काम राष्ट्रपति निर्वाचन अघि गर्ने कि पछि गर्ने ? भन्नेमा सत्ता साझेदार दलहरुसँग प्रधानमन्त्री प्रचण्डले छलफल गर्ने तयारी गरेका छन् । नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल आठ दलीय गठबन्धन बन्दा पावर शेयरिङबारे खासै छलफल नभएको बताउछन् । ‘पावर सेयरिङबारे गठबन्धनमा छलफल भैसकेको छैन’, भुसालले भने,अव विस्तारै छलफल हुदै जान्छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले पनि गठबनधनका कुन कुन दल सरकारमा सहभागी हुने र ककसले कुन मन्त्रालय पाउने भन्ने छलफल सुरु नै नभएको बताएका छन् । ‘त्यसबारे छलफलको सुरुवात नै भएको छैन’, बस्नेतको भनाइ छ ।

नेकपा एकीकृत समाजवादीले अर्थ दावी गर्ने

आठ दलीय गठबन्धनमध्येको नेकपा एकीकृत समाजवादीले सरकारमा जाने निर्णय गरिसकेको छ । त्यसका लागि अर्थसहित भौतिक योजना मन्त्रालय दावी गर्ने तयारी गरेको अध्यक्ष माधवकुमार नेपाल निकट स्रोतले जनाएको छ ।

‘हामी यो सरकारमा जाने निश्चित छ । तर कुन कुन मन्त्रालयसहित जाने भन्ने कुरा प्रधानमन्त्रीसँग छलफल भएपछिमात्रै थाहा हुन्छ । हाम्रो तर्फबाट अर्थ र भौतिक मन्त्रालयमा दावी रहन्छ’, अध्यक्ष नेपाल निकट स्रोतले भन्यो,‘अर्थ र भौतिकसहित २ वटा मन्त्रलायमा हामी दावी गर्ने तयारीमा छौ । नेकपा एमालेले सरकार छोडेपछि अर्थ खाली छ भने भौतिक नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सम्हाल्दै आएका छन् । पछिल्लो समिकरणपति श्रेष्ठलाई गृहमा पठाउने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको बुझिएको छ ।

नेकपा एकीकृत समाजवादीबाट सरकारमा जाँदा कसको नेतृत्वमा जाने भन्ने पार्टीभित्र छलफल भइनसकेको उपमहासचिव जगन्नाथ खतिवडा बताउँछन् ।

‘त्यसबारे छलफल नै भएको छैन’, खतिवडाको भनाइ छ । तर उपाध्यक्ष राजेन्द्र पाण्डे र उपमहासचिव प्रकाश ज्वालामध्ये एकले पार्टीबाट सरकारको नेतृत्व गर्ने सम्भावना रहेको नेताहरुको भनाइ छ । पाण्डे वागमती प्रदेशको मुख्यमन्त्री ज्वाला कर्णाली प्रदेशको अर्थमन्त्री भैसकेका छन् । त्यो बाहेक महासचिव बेदुराम भुसाललाई सरकारको नेतृत्व गरेर पठाउनुपर्ने मत पनि पार्टीमा उठ्न थालेको केही नेताहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४