Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्याग्दीका मगर समुदायले राष्ट्रिय मगर एकता दिवस मनाए


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १६ २०७९
  • 5.5K
    SHARES

काठमाडौं । म्याग्दीका मगर समुदायले ४१औं राष्ट्रिय मगर एकता दिवस मनाएका छन् ।

परम्परागत भेषभूषा र पहिरनमा सजिएका मगर समुदायले साेमबार ‘कला संस्कृतिको संरक्षण गरौं’ भन्ने नारासहित सदरमुकाम बेनीमा मगर एकता दिवस मनाएका हुन् । छिटको गुन्यू, चौबन्दी चोली, रातो घलेकी र पटुकामा महिलाहरु सजिएका थिए । पुरुषहरु भने भोटो, इस्टकोट, कछाड, गलबन्दी र भरकलिमा सजिएका थिए ।

आफ्नो साँस्कृतिको संरक्षण र परम्परागत मारुनी नाँचहरु दिवसमा प्रदर्शन गरिएको थियो । ठूलो नाँच, भैली नाँच, सोरठी सालैजो जस्ता गीत गाउँदै मादल ठोक्दै गुन्यू, चोलो र टोपीको पहिरन फूल माला लगाएर गरिएको नृत्यले मगर समुदायको पहिचान गराएकाे थियाे ।

म्याग्दी मगर कला संस्कृतिमा धनी भएपनि पछिल्लो समय युवाहरु गाउँ छोडेर रोजगारीको लागि शहर बजारमा गएका कारण मगर समुदायको परम्परागत संस्कृति लोप हुँदै जान थालेको छ । म्याग्दीमा मात्र ४७ प्रतिशत भन्दा बढी मगर समुदायको बाहुल्यता रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४