Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारमा मेरो दाबी छैन : उपसभापति खड्का


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १६ २०७९
  • 3.9K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारमा जाने आफ्नो दाबी नरहेको बताएका छन्। आइतबार साँझ ट्वीट गर्दै खड्काले सरकारमा आफ्नो भने दाबी नरहने प्रष्टाएका हुन्। गत पुस १० मा तत्कालीन पाँच दलीय गठबन्धन भत्किएको र त्यसलाई पुनर्स्थापित गर्ने सोही दिन गरिएको संकल्पलाई पूरा गरिएको उपसभापति खड्काको भनाइ छ ।

खड्काले आफू पहिले नै मन्त्री भइसकेकोले अब फेरि मन्त्री नहुने बरू पार्टीका काम कारबाहीमा ध्यान दिने बताउने गरेका छन्। ‘पुस १० गते भत्काइएको गठबन्धनलाई पुनःस्थापना गर्ने त्यही दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएको छ,’ उपसभापति खड्काले भने, ‘अब मेरो दाबी कुनै कुरामा छैन। मेरो नाम अरूसँग जोडेर सरकारमा जाने दाबी गरेको भनेर कृपया मिडियामा र सामाजिक सञ्जालमा बहसको विषय बनाएर मलाई अन्याय नगरीदिनुहोस् ।

पुस १० मा को पहिलो कार्यकाल प्रधानमन्त्री बन्ने भन्नेमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड”बीच कुरा नमिल्दा चुनावअघिको गठबन्धन भत्किएको थियो । नेकपा एमालेसहित ७ दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

पुस १० कै राति ७ दलीय गठबन्धन भत्काउने संकल्प नेपाली कांग्रेसका नेताहरूले लिएका थिए। सोहीअनुसार गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई नेपाली  कांग्रेसका सांसदहरूले विश्वासको मत दिएका थिए  । सरकार बनाउँदा विभाजित भएको पुरानो गठबन्धन राष्ट्रपतिको निर्वाचनमा एक ठाउँमा आएको छ ।

यसले ७ दलीय गठबन्धन भत्काएर ८ दलीय गठबन्धनको साथमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बनेको छन । नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सरकार छाडेपछि नेपाली कांग्रेस सरकारमा जाने तयारीमा जुटेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४