Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लिखु हाइड्रो पावरमा कर्मचारीको मृत्यु, ५ दिनदेखि उठेन शव


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १५ २०७९
  • 1.6K
    SHARES

काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिकास्थित लिखु हाइड्रो पावर कम्पनीमा कार्यरत एक जना मजदुरको मृत्यु भएको छ ।

सवारी चालकका रुपमा कार्यरत कुभुकास्थलीका ४१ वर्षीय उद्योगबहादुर कटवालको मृत्यु भएको हो ।

गाडी पुछ्ने क्रममा एक्कासी बेहोस भएका उनलाई समयमा उपचारका लागि अस्पताल नल्याइँदा मृत्यु भएको परिवारको आरोप छ । मृतक कटवालका आफन्त सुशील थापाका अनुसार अघिल्लो बुधबार उनी एक्कासी विरामी भएपछि उपचारका लागि हेलिकोप्टरमा लगिदिन अनुरोध गरिएको थियो ।

तर, कम्पनीका सञ्चालकहरुले वास्ता नगरेको उनी बताउँछन् । गम्भिर भएपछि उहाँले आफैं पैसा तिर्छौं, हेलिकोप्टरको व्यवस्था गरिदिनु भन्नुभएको रहेछ’, थापाले भने, ‘तर, उनीहरुले ट्यांकरमा पठाइदिएछन् ।

परिवारका सदस्यलाई पनि समयमा यसबारे जानकारी नगराइएको पीडित पक्षको आरोप छ । जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार अहिले दुई पक्षबीच छलफल भइरहेको छ । हालसम्म शव स्थानीय स्वास्थ्य चौकीमै अलपत्र रुपमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४