Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विकास हाइड्रोको उद्घाटन, ४.५५ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा थपियो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १५ २०७९
  • 3K
    SHARES

काठमाडौं । गोरखाको धार्चे गाउँपालिकामा विकास हाइड्रोपावर कम्पनी लिमिटेडले बनाएको ४.५५ मेगावाटको माथिल्लो माछाखोला जलविद्युत आयोजनाको उद्घाटन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रधानमन्त्री कार्यालयमा आयोजित एक समारोहका बीच विद्युत आयोजनाको भर्चुअल रुपमा टर्वाइन सञ्चालन गरी उद्घाटन गरेका छन् ।

उद्घाटनपछि प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताए । प्रधानमन्त्री प्रचण्डले आफू सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लागेको जनाउँदै गोरखा जिल्लाको हाइड्रोको उद्घाटन विकासको सुरुवात भएको उल्लेख गरे ।

प्रधानमन्त्रीले विगतका दिनहरुमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतीपूर्ण हुने गरेको जनाउँदै यसपटक स्थायित्व दिनेमा आफूहरुको विश्वास रहेको बताए । उनले यो वर्ष चुनावी वर्षका रुपमा बितेको जनाउँदै वैशाखदेखि स्थानीय तहको निर्वाचन त्यसपछि प्रदेश र संघको निर्वाचन र अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएपछि निर्वाचन प्रक्रिया ५ वर्षका लागि सकिने र त्यसपछि विकास निर्माणको काममा लाग्ने बताए ।

यसले संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका लागि एउटा नयाँ आधार तयार भएको जनाउदै प्रधानमन्त्री प्रचण्डले गोरखाको जनप्रतिनिधिको हैसियतले लगानीकर्ता हरुलाई विशेष धन्यवादसमेत दिए ।

प्रधानमन्त्री प्रचण्डले हाइड्रो निर्माणमा सम्लग्न गैरआवासीय नेपालीहरु र स्थानीय लगानीकर्ताहरुको योगदानका लागि विशेष धन्यवाद ब्यक्त गर्दै एनआरएनएहरुलाई थप लगानी गर्न आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले १३२ केभिएको ट्रान्समिसन लाईन निर्माणको लागि सरकारले तत्काल काम सुरु गर्ने समेत बताए । उनले सरकारको अवको लक्ष्य शुसासन र विकास नै रहेकाले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रहसमेत गरे ।

यो हाइड्रोमा गैरआवासीय नेपालीहरूको लगानी छ ।

गोरखा जिल्लाको उत्तरी भू–भागमा पर्ने धार्चे गाउँपालिकामा रहेको बूढीगण्डकी नदीको सहायक नदी माछा खोलामा करिब १ अर्ब लगानीमा निर्माण सकिएको आयोजनामा प्रमोटरको ३५ प्रतिशत लगानी र राष्ट्रिय वाणिज्य बैंकको ६५ प्रतिशत ऋण मार्फत लगानी छ ।

आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौतामा २०८० साल असार ३० गते विद्युत उत्पादन सम्पन्न गर्ने लक्ष्य राखेको थियो ।

तर, ६ महिना अगावै सम्पूर्ण निर्माण कार्य पुरा गरेर उत्पादन सुरु गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४