Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुख्यमन्त्री शाहलाई प्रधानमन्त्रीको ‘ग्रीन सिग्नल’, विश्वासको मत लिने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १४ २०७९
  • 2.8K
    SHARES

 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेटवार्ता भएको छ । विश्वासको मत तथा सुदूरपश्चिम सरकारबारे प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री शाहबीच बालुवाटारमा आइतबार साँझ भेटवार्ता भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटघाटपछि मुख्यमन्त्री शाहले भने, ‘सौहार्दपूर्ण वातावरणमा कुराकानी भयो । हिजोको गठबन्धन अगाडि बढाएकोमा मैलै उहाँलाई बधाई पनि दिए । विश्वासको मत लिने कुरामा छलफल भयो । सकारात्मक प्रतिक्रिया पाए । अब शीर्ष नेताहरुबीचको थप छलफलपछि विश्वासको मत लिने मिति पनि तय होला ।

मुख्यमन्त्री शाह भोलि सोमबार प्रदेश राजधानी धनगढी फर्किँदै छन् । सम्भवतः उनी १६ या १७ गते विश्वासको मत लिने तयारीमा रहेको बताइएको छ ।

विश्वासको मत पाउने वा नपाउने अन्योलबीच रुमलिएका सुदूरपश्चिमका मुख्यमन्त्री अब शाह राहतको अनुभूति गरेका छन् ।

राष्ट्रपति निर्वाचनका लागि दलहरुबीच बनेको नयाँ समीकरणले मुख्यमन्त्री शाहलाई विश्वासको मतको लागि ग्रीन सिग्नल मिलेको हो ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनेका नेकपा एमालेका राजेन्द्र सिंह रावलले प्रदेश सभामा एक महिनाभित्र विश्वासको मत लिन नसकेपछि धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री शाह नियुक्त भएका थिए । शाह माघ २६ गते नियुक्त भएका थिए ।

फागुन १२ गते पूर्वको राजनीतिक समीकरणले मुख्यमन्त्री शाहले विश्वासको मत पाउने सम्भावना न्यून थियो । त्यसताका उनलाई आफ्नै दल नेपाली कांग्रेसका १९, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र प्रदेश सभा गरी जम्मा २४ को मात्रै साथ थियो । जुन कारण उनी डेन्जर जोनमा थिए ।

तर फागुन १२ गते राष्ट्रपति निर्वाचनको लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिलगायत दलबीचको समझदारीपछि उनी ग्रीन जोनमा छन् ।

५३ सदस्यीय प्रदेश सभा रहेको यहाँ बहुमतको सरकारको लागि २७ जना प्रदेश सभा सदस्य चाहिने हुँदा कांग्रेसलाई नागरिक उन्मुक्ति वा माओवादीको साथ चाहिएको थियो । पछिल्लो राजनीतिक समीकरणले उनीलाई बहुमत पुग्ने देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४