Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

परराष्ट्रमन्त्रीलाई रोकेर पूर्वकानुनमन्त्रीलाई जेनेभा पठाइयो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १४ २०७९
  • 1.6K
    SHARES

काठमाडौं । पूर्वकानूनमन्त्री गोविन्द बन्दीसहित तीन जनालाई स्वीट्जरल्याण्ड पठाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रोकेर उनको ठाउँमा बन्दीलाई पठाएका हुन् । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आज आइतबार परराष्ट्रमन्त्री पौड्याल जेनेभा जाने तयारीमा थिइन् ।

अन्तिममा आएर प्रधानमन्त्रीले मुख्यसचिव मार्फत उनको भ्रमण रोकेका थिए । परराष्ट्रमन्त्रीको भ्रमण रोकेर उनको ठाउँमा बन्दीसहित ३ जनालाई पठाएका हुन् । जेनेभा जानेमा बन्दीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटा, परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्साल रहेका छन् ।

परराष्ट्रमन्त्री पौड्यालले आज पत्रकार सम्मेलन गर्दै भ्रमणको विषयमा जानकारी गराएकी थिइन् । गत साता बसेको मन्त्रिपरिषद् बैठकले समेत पौड्यालको नेतृत्वमा ५ सदस्यीय टोली जेनेभा जाने निर्णय गरेको थियो । तर, सत्ता समीकरण फेरबदल भएसँगै प्रधानमन्त्रीले मुख्यसचिव मार्फत उनको भ्रमण रोकेका हुन् ।

आज दिउँसो मन्त्री पौड्याल त्रिभुवन विमानस्थलमा जान लाग्दा प्रधानमन्त्रीको निर्देशनमा मुख्यसचिवले फोन गरेर नजान भनेका थिए । त्यसपछि उनी रोकिएकी थिइन् ।

उक्त बैठकको सत्र फागुन १५ गतेदेखि चैत १३ गतेसम्म चल्नेछ । नेपाल मानवअधिकार सुरक्षा परिषद्को सदस्य हो ।

मानवअधिकार संस्थाहरूको अन्तर्राष्ट्रिय सञ्जाल (गानरी) ले नेपालको मानवअधिकार आयोगलाई ख श्रेणीमा घटुवा गर्न सिफारिस गरेको थियो । नेपालको मानवअधिकार सन्तोषजनक नभएको र आयोगले राम्रोसँग काम गर्न नदिएको नसकेको भन्दै घटुवा गर्न सिफारिस गरेको थियो । मन्त्री पौड्यालले जेनेभा भ्रमणका क्रममा आयोगलाई क श्रेणीमै कायम राख्न पहल गर्ने बताएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४