Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जी-ट्वान्टी राष्ट्रका अर्थमन्त्रीहरुको बैठक बिना निष्कर्ष सकियो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १४ २०७९
  • 2.4K
    SHARES

एजेन्सी । विश्वका ठूला अर्थतन्त्रहरुको समूह जी ट्वान्टी राष्ट्रका अर्थमन्त्रीहरुको बैठक बिना निष्कर्ष सकिएको छ ।

भारतमा आयोजित जी ट्वान्टी सदस्य राष्ट्रका अर्थमन्त्रीहरुको बैठकबाट रुस विरुद्ध निन्दा प्रस्ताव पारित गर्न खोजिएपछि बैठक भाँडिएको हो ।

चीनले रुस विरूद्धको निन्दा प्रस्तावमा आपत्ति जनाएपछि बैठक घोषणपत्र नै जारी नगरी टुंगिएको हो ।

भारतको दक्षिणी शहर बैंगलुरुमा आयोजित बैठकमा भारतले रुस–युक्रेन युद्धबाट विश्व अर्थतन्त्रमा परेको असर न्युन गर्न बृहत् प्रस्ताव तयार पारेकोमा पश्चिमा राष्ट्रहरुले घोषणपत्रमा रुसको निन्दा गर्ने बूँदा समावेश गरेपछि प्रस्ताव पारित हुन नसकेको हो ।

चीनले पश्चिमा देशहरुले जी ट्वान्टी समूहलाई अस्थिर बनाउन खोजेको आरोप लगाएको छ । यस्तै, रुसले जी सेभेन र युरोपेली युनियनले जी ट्वान्टी समुहलाई ब्ल्याकमेल गर्न खोजेको आरोप लगाएको छ ।

चीन र रुसले गत नोभेम्बरमा इण्डोनेसियाको बालीमा आयोजित बैठकको घोषणापत्र भन्दा फरक तरिकाले प्रस्ताव ल्याइएको आरोप लगाएका छन् । १७ बूँदे घोषणा पत्रमा टर्कीको भूकम्प, मध्यमखाले अर्थतन्त्र भएका देशहरुको ऋणमोचन, विश्वब्यापी कर नीति, खाद्य सुरक्षा, क्रिप्टो करेन्सीमाथिको प्रतिबन्धलगायतका विषयहरु समेटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४