Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेले गर्‍यो कांग्रेस बाहेक सबै दलहरुलाई पत्राचार ‘राष्ट्रपतिमा नेम्वाङलाई सघाउन आग्रह’


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १४ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । राष्ट्रपति निर्वाचनको उम्मेदवारी लगत्तै नेकपा एमाले आफ्ना उम्मेदवारलाई जिताउने अभियानमा जुटेको छ ।

नेकपा एमालेले शनिबार नै प्रतिष्पर्धी नेपाली कांग्रेस बाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई आफ्ना उम्मेदवार सुवास नेम्वाङलाई सघाउन आग्रह गर्दै पत्राचार गरेको छ ।

नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार कांग्रेस बाहेक संसदमा रहेका सबै दल तथा स्वतन्त्र सांसदहरुलाई पत्र पठाइएको हो ।

राजनीतिक दलहरु र स्वतन्त्र सांसद गरी १७ वटा पत्र पठाएको अधिकारीले जानकारी दिनुभएको छ ।

संविधानको मर्म र भावनाअनुरुप नेम्वाङ राष्ट्रपतिका लागि अत्यन्त योग्य र उपयुक्त उम्मेदवार रहेको जिकीर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पठाएको पत्रमा उल्लेख छ ।

नेकपा एमालेको पत्रको सम्बन्धमा नेकपा (एकीकृत समाजवादी) ले भने संवादको ढोका खुलेको जनाएको छ । सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले नेकपा एमालेको पत्रले भविष्यमा सहकार्यको ढोका खोलेको तर राष्ट्रपति निर्वाचनमा भने नेम्वाङलाई आफूहरुले भोट हाल्ने अवस्था नरहेको बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४