Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कुवेतमाथि नेपालको २४३ रनको सानदार जित


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १३ २०७९
  • 3K
    SHARES

काठमाडौं । अर्जुन कुमाल र देव खनालले शतक तथा आकाश चन्दको ६ विकेट सहयोगमा आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपालले कुवेतमाथि २४३ रनको विशाल जित हात पारेको छ ।

युएईको मलेक क्रिकेट ग्रउन्डमा नेपालले दिएको ३४४ रनको लक्ष्य पछ्याएको कुवेत ३०।५ ओभरमा १०० रनमा अलआउट भएको हो ।

कुवेतलाई १०० रनमा अल आउट गर्ने क्रममा आकाश चन्दको ६ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ४३ रन खर्चिएका हुन् ।

६ विकेट लिने आकाश युएई जाने अघिल्लो दिन मात्र टिममा समावेश भएका थिए ।

कप्तान गुल्सन झालाई सिनियर टिमबाट रिलिज गर्न प्रशिक्षक मोन्टी देसाईँले नमानेपछि उनको स्थानमा आकाशले अवसर पाएका थिए ।

नेपालका तिव्र गतिका बलर हेमन्त धामी र स्पिनर दिपेश कंडेलले समान २-२ विकेट लिए ।

कुवेतका लागि ओपनर जुड क्रिस्टोफर सल्धनाले सर्वाधिक २६ रन बनाए । उनले २४ बलमा ४ चौका प्रहार गरे । अर्का ओपनर किशोरभाइ हिन्सुलु १६ बलमा १६ रन बनाए । कुवेतका लागि पहिलो विकेटका ३४ रनको साझेदारी नै सबैभन्दा बढीको साझेदारी रह्यो । मोहम्मद रसिकले १९ रन बनाए भने अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३४३ रन बनाएको हो ।

नेपालका लागि विस्फोटक ब्याटिङ गरेका देव खनाल १२५ रनमा आउट भए । ११७ बलको सामना गरेका उनले ९ चौका र ३ छक्का हानेका थिए ।

यस्तै अर्जुन कुमाल १०८ रनमा आउट भए । ११२ बल खेलेका उनले १२ चौका हानेका थिए ।

अर्जुनको करिअरको यो पहिलो शतक हो । उनले गत वर्ष यू(१९ एसिया कपमा बंगलादेशविरुद्धको खेलमा डेब्यू गरेका थिए ।

गण्डकी प्रदेशबाट खेल्ने उनले घरेलु क्रिकेटमा पनि सानदार प्रदर्शन गर्दै आएका छन् ।

विशाल विक्रम केसी २३ तथा दीपक बोहरा १९ रनमा आउट भए । ओपनर दीपक बोहोराले १३ रन बनाए । आकाश त्रिपाठी र सुवास भण्डारी २ रन बनाउँदै आउट भएका थिए ।

दीपकप्रसाद डुम्रे २० र दिपेश कँडेल २ रनमा नटआउट रहे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४