Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राज्यलाई थप अस्थिर बनाउने निर्णय भयो : एमाले


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १३ २०७९
  • 1.5K
    SHARES

काठमाडौँ ।  सात दलले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णयसँगै नेकपा एमाले झस्किएको छ । 

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, माओवादी, एकीकृत  समाजवादी, जनता समाजवादी, लोसपा, जनमत नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको छलफलमा राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने प्रस्ताव पारित भएसँगै एमाले झस्किएको हो ।

एमालेले  यसलाई राजनीतिक दाउपेच भित्रको ‘छक्कापञ्जा’ को संज्ञा दिँदै नयाँ सहमतिले थप राजनीतिक अस्थिरता निम्तने जिकिर गरेको छ । 

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पुरानो गठबन्धन ब्युँताएर राष्ट्रपतिमा कांग्रेसको उम्मेदवार चयन हुनु राजनीतिक दाउपेच भित्रको छक्कापञ्जा भएको प्रतिक्रिया दिए । 

उनले भने,‘ यो निर्णय नेपाल राज्यलाई थप अस्थिर बनाउने निर्णय हो। यो निर्णय गरेर कतिपय नेताहरुले आफ्ना निम्ति राजनीति भनेको खाली दाउपेच, छक्कापन्जा र स्वार्थको लेनदेनको प्रमाणित गर्नुभएको छ। हामीले भोली बिहान संस्थागत निर्णयका लागि केन्द्रीय सचिवालयको बैठक बसेर निर्णय गार्छौं।’ 

उनले एमालेले पनि राष्ट्रपतिमा उम्मेदवारी दिने बताए। सचिवालयको बैठकबाट कसरी अगाडी बढ्नेबारे थप निर्णय गर्ने उनको भनाइ छ । 

पुस १० मा तत्कालीन कांग्रेस नेतृत्वको गठबन्धनलाई तुहाउन सफल एमाले ६१ दिनपछि गठबन्धन बचाइराख्न असफल भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४