Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खानेपानीको भयावह अवस्था अन्त्य गर्ने योजना संसदमा पेस गर्न सांसद पौडेलको माग


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १२ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले काठमाडौं उपत्यकामा खानेपानीको भयावह अवस्थाको अन्त्य गर्न सरकारको योजना संसदमा पेस गर्न माग गर्नुभएको छ ।

शुक्रबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद पौडेलले सरकारले काठमाडौं उपत्यकामा खानेपानीको अभाव पूर्ति गर्न बनाएको योजना संसदमा पेस गर्न माग गर्नुभएको हो ।

उहाँले खानेपानी राज्यको अभिभारा एक घर एक धारा’ नारा भएपनि काठमाडौं उपत्यकाको करिब ६५ प्रतिशत घरका धारामा पानी नआउने बताउनुभयो । उहाँले सरकारले पानी नआउने धारा राखे बापत शुल्क भने नियमित लिइरहेको बताउनुभयो ।

उहाँले काठमाडौंमा धेरै जमिनमुनीको पानी र ट्याङकरको पानी प्रयोग गरेर पानीको आवश्यकता पूरा गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । पौडेलले मेलम्चीबाट आएको भनिएको १७ करोड लिटर पानी नयाँ आपूर्ति सञ्जाल बन्न नसकेको कारण ५० प्रतिशत चुहावटमा रहेको बताउनुभयो ।

त्यस्तै, कांग्रेसका सांसद तथा उपसभापति धनराज गुरुङले भ्रष्टाचारीलाई कारबाही गरेर आर्थिक सुशासन कायम गर्न सरकारसँग माग गर्नुभयो । उहाँले मुलुक चरम आर्थिक संकटबाट गुज्रिएसँगै आर्थिक बेथितिबाट आक्रान्त भएको बताउनुभयो । उहाँले आर्थिक संकट मोचन गर्नका लागि आर्थिक सुशासन कायम गर्नु ठूलाठूला भ्रष्टाचार काण्डको छानबिन हुन आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै, नेपाली कांग्रेसकी सांसद नागिना झाले स्थानीय सरकारलाई इन्धनबाट चल्ने सवारीको विकल्पमा विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउन सुझाव दिनुभएको छ । उहाँले ७५३ वटा स्थानीय तहले वार्षिक इन्धन खर्च मात्रै करिव ६० देखि ७० लाख औसतमा खर्च भइरहेको बताउनुभयो ।

उहाँले इन्धन खर्चको विकल्पमा विद्युतीय सवारीमा प्रयोगमा ल्याउनसके वार्षिक ४ खर्ब रुपैयाँ वचत हुने बताउनुभयो । उहाँले यसरी वचत भएको रकम विकास खर्चमा प्रयोग गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४