Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यू–१९ विश्वकप छनोटमा नेपालले आज सिंगापुरसँग खेल्दै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १२ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । युएईमा आजदेखि सुरु हुने आईसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले आज सिंगापुरसँग खेल्दैछ । नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे अमजानमा सुरु हुनेछ ।

सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपमा छनोट हुने लक्ष्यमा रहेको नेपाल पहिलो खेल जित्दै सुखद सुरुवात गर्ने योजनामा छ । राष्ट्रिय टोलीबाट खेलिसकेका देव खनालको कप्तानीमा नेपाल मैदान उत्रनेछ । यसअघि गुलशन झालाई कप्तान नियुक्त गरेपनि लिग टुका लागि गुलशनलाई सिनियर टोलीमै समावेश गरिएपछि देव यू–१९ को नयाँ कप्तान चयन भएका हुन् ।

जगत टमटाको प्रशिक्षणमा रहेको नेपाली टोली ८ वर्षपछि यू–१९ विश्वकपमा पुग्नेमा लक्ष्यमा छ ।

छनोटमा नेपाल र आयोजक युएईसहित सिंगापुर, कुबेत, हङकङ र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् । राउण्ड रोविन लिगको खेलपछि शीर्ष स्थानमा रहने टोली अर्को वर्ष हुने यू–१९ विश्वकपमा छनोट हुनेछ । आजै युएई र मलेसिया तथा हङकङ र कुवेतबीच पनि खेल हुनेछ ।

नेपालले दोस्रो खेल २५ फेब्रुअरीमा कुबेतसँग र तेस्रो खेल २७ फेब्रुअरीमा हङकङसँग खेल्नेछ । यस्तै मलेसियासँग २८ फेब्रुअरीमा र अन्तिम खेल घरेलु टोली युएईसँग २ मार्चमा खेल्नेछ ।

नेपाली टिम : देव खनाल (कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा (क), दिपक बोहरा (ख), उत्तम थापा मगर, दिपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुबास भण्डारी, विशाल विक्रम केसी, मिलन बोहरा र आकाश चन्द ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४