काठमाडौं । राष्ट्रपति चयनका बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी “जसपा” र नेकपा एकीकृत समाजवादीको बैठक सुरु भएको छ ।
बैठकमा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”,बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,नेता जनार्दन शर्मा र शक्ति बस्नेत सहभागी भएका छन् ।
यस्तै जनता समाजवादी पार्टी”जसपा”बाट अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सहभागी भएका छन् ।
नेकपा एकीकृत समाजवादीबाट भने अध्यक्ष माधवकुमार नेपाल, प्रमेश हमाल, बेदुराम भुसाल, घनश्याम भुसाल र प्रकाश ज्वाला सहभागी भएका छन् ।