काठमाडौँ । चुनाव अगाडिको नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको बैठक आजका लागि स्थगित भएको छ ।
साँझ ६ बजेका लागि बोलाइएको उक्त बैठक अघि दलहरु आपसमा छलफलमा जुटेका थिए । तर, गठबन्धनमा रहेका दलहरुको संयुक्त बैठक भने स्थगित भएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् ।
आजको बैठकलाई पाँच दलीय गठबन्धन ब्युतिएको घोषणा गर्ने निर्णायक बैठकको रुपमा लिइएको थियो । तर, नेकपा माओवादी केन्द्रले आजलाई संयुक्त बैठक नराख्ने प्रस्ताव गरेपछि बैठक स्थगित गरिएको उनले बताएका छन् ।
अब फेरी कुन समयमा बैठक बस्ने भन्ने एकिन भएको छैन ति सदस्यले जन प्रहारलाई भनेका छन् । सायद अब बैठक भोलि मात्रै बस्छ होला ।