Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शीर्ष नेताहरु बीचको बैठक रोकियो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ११ २०७९
  • 1.7K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा पुरानो गठबन्धनका शीर्ष नेताहरुबीच बस्ने भनिएको बैठक स्थगित भएको छ । बेलुका ५ बजे शीर्ष नेताहरुबीच राष्ट्रपतिका विषयमा छलफल गर्ने भनिएपनि अन्तिममा बैठक रोकिएको हो । अर्को समय निर्धारण गरेर शीर्ष नेताहरुको बैठक बस्ने प्रधामन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताएका छन्  ।

राष्ट्रपतिको चुनावका विषयमा प्रधानमन्त्री निवासमा शीर्ष नेताहरुबीच बैठक बस्ने भन्ने थियो’ मल्लले भने, ‘अन्तमा आएर शीर्ष नेताहरुको कार्यव्यस्तताले बैठक स्थगित भयो ।’ राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति कायम गर्न शीर्ष नेताहरुसँग छलफल गर्ने तयारी गरिएको छ । संयुक्त बैठक रोकिए पनि एकल रुपमा पुराना गठबन्धनका शीर्ष नेताहरुलाई भेट्ने तयारी गरिएको नेकपा माओवादी केन्द्रका एक नेताले बताएका छन्  ।

आज बेलुका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार  नेपालसहित शीर्ष नेतालाई भेटेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शीर्ष नेतालाई भेट्ने तयारी छ’ ती नेताले भने । ‘राष्ट्रपतिका विषयमा समझदरी भैहसकेको छैन, छलफल जारी छ,नेकपा एमालेसँग पनि राष्ट्रपतिका विषयमा छलफल हुन्छ’नेकपा माओवादीका नेताहरुले राष्ट्रपतिका विषयलाई लिएर सत्ता बाहिर नजाने दाबी गरिरहेका छन् ।

राष्ट्रपतिका विषयमा प्रधानमन्त्री प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटेका थिए । प्रचण्ड र नेपालको भेटमा उपप्रधान तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४