Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जन्मदिनमा ओलीलाई ‘सर्प्राइज’ दिने प्रचण्डको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ११ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (फागुन ११) आफ्ना वयोवृद्ध पिता मोहनप्रसाद ओलीलाई केक खुवाएर आफ्नो ७२औँ जन्मदिन मनाएका छन्  । आफ्नो निजी निवास बालकोटमा विशेष कार्यक्रमबीच जन्मोत्सवको केक काट्नुअघि ओलीले बौद्ध तथा हिन्दु गुरुबाट मन्त्रोच्चारण गर्दै स्वस्ति–शान्ति गराएका थिए । जन्मदिनकै दिन आयोजित केपी ओली कप हेर्न उनी च्यासलस्थित खेल मैदानमा पुगेका छन् । यतिखेर सामाजिक सञ्जालमार्फत समर्थक र शुभेच्छुकले ओलीलाई दीर्घायु र आरोग्यको कामना गरिरहेका छन् ।

मुलुकको राजनीतिक समीकरणमा तनाव सिर्जना भइरहेका बखत ओलीले जन्मदिनका अवसरमा ‘विश्व शान्ति प्रार्थना’ पुस्तक विमोचन पनि गरेका छन्  । उनका अभिव्यक्तिले भने उनको मनमा चयन र शान्ति छैन भन्ने संकेत गरिरहेका छन् । आफू सहभागी सरकारले मनाएको जनयुद्ध दिवस (फागुन १)लाई उनले ‘हिंसा दिवस’ भनिदिएका छन्  । आफूसँगको सम्बन्ध प्रचण्डले तोड्न लागेको बुझेका ओलीले मनको तुस पोखे, ‘हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि हिंसाको महिमामण्डन गर्नुपर्‍यो ? त्यो हिंसाको धङधङी । अहिलेकै सरकारले पनि हिंसादिवसलाई राष्ट्रिय दिवस मनायो, जुन सही होइन ।

राष्ट्रपति निर्वाचनको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको सम्बन्ध तोडिने आंशकाका बीच ओलीबाट यस्तो अभिव्यक्ति आएको हो ।

ओली र नेपालका जन्मदिन सर्प्राइज

पछिल्ला वर्ष प्रमुख राजनीतिक दलका शीर्ष नेताका जन्मदिनमा केही न केही ‘सर्प्राइज’का घटना हुने गरेका छन् । खासगरी नेकपा एमाले अध्यक्ष ओली र हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष रहेका माधवकुमार नेपालको जन्मदिनका दिन यस्ता घटना भएका उदाहरण छन् ।

तत्कालीन नेकपा हालको नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिचा एकतामा खटपट आएसँगै तत्कालीन प्रधानमन्त्री ओलीले २०७७ पुस ५ मा पहिलोपटक संसद् विघटन गरेका थिए । ओलीको उक्त कदमको चौतर्फी विरोध र आलोचना नहुने कुरै थिएन । ओलीले गरेको उक्त संसद् विघटनको निर्णय भने धेरै दिन टिक्न सकेन । जतिबेला ओलीले सोही वर्षको फागुन ११ गते ७०औँ जन्मदिन मनाइरहेका थिए, त्यहीबेला ओलीको आशाविपरीत सर्वोच्चले संसद् विघटनको निर्णय उल्टाइदिँदा सो दिन ओलीका लागि ‘सर्प्राइज’ बन्न पुगेको थियो ।

२०७७ मा ओलीले मनाएको जन्मदिन पनि विवादरहित हुन सकेको थिएन । जतिबेला ओली जन्मदिन मनाउन हेलिकोप्टरमार्फत जन्मस्थान तेह्रथुम पुगेका थिए । ओलीको जन्मोत्सवमा आठराई गाउँपालिकाले सार्वजनिक बिदा दिएको थियो । यतिसम्म कि बिदा पाएका कर्मचारी र मातहतका विद्यालयका शिक्षकलाई उनको जन्मोत्सव समारोहमा अनिवार्य उपस्थिति जनाउन फर्मान जारी गरिएको थियो ।

जन्मदिन मनाउन राज्यसंयन्त्रकै दुरुपयोग गरिएको र नेपालको नक्सा आकारको केक काटिएको भन्दै सामाजिक सञ्जालमा ओलीको चर्को आलोचना भएको थियो । त्यतिबेला देशको नक्सा आकारको केक काटेकोप्रति धेरैले आक्रोश पोखेका थिए ।

माधवलाई धक्का

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालको जन्म दिन १२ दिनको अन्तरमा पर्छ– ओलीको ११ फागुनमा र नेपालको २३ फागुनमा ।

२०७७ मा पूर्वप्रधानमन्त्री नेपालले पनि जन्मदिनकै दिन धक्का बेहोर्न पुगेका थिए । सोही दिन सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएको थियो । ऋषि कट्टेलले दायर गरेको रिटमाथि फैसला सुनाउँदै अदालतले ओली र प्रचण्ड नेतृत्वको नेकपाको दर्ता खारेज गरिदिएको थियो । पार्टी (तत्कालीन नेकपा)भित्र विवाद चर्किदा प्रचण्ड र नेपाल सँगै उभिएका थिए । नेकपा नै खारेज भएपछि प्रचण्ड नेकपा माओवादीको र नेपाल एमालेकै पूर्व बरियतामा फर्केका थिए । तर,नेकपा एमालेको त्यो बरियतामा नेपाल बस्न सक्ने अवस्था थिएन । त्यसैले उनले आफ्नो अस्तित्व साबित गर्न नेकपा एकीकृत समाजवादी गठन गर्नुपर्‍यो ।

यसपालि कस्तो सर्प्राइज ?

नेकपाभित्रको विवाददेखि चिसिएको ओली र प्रचण्डबीचको सम्बन्ध गत पुस १० मा सुधारोन्मुख देखिएको थियो । एकअर्कालाई सिध्याउन प्रचण्डले कांग्रेससँग गठनबन्धन गरेका थिए भने, नेकपा एमालेले राजावादी लगायतसँग ।

प्रचण्डले नेपाली कांग्रेसबाट धोका खाएसँगै राष्ट्रिय राजनीतिमा एकाएक (१० पुसमा) परिवर्तन देखियो । ओलीले प्रचण्डलाई प्रधानमन्त्री बन्न सहयोग गरे । प्रचण्डलाई प्रतिपक्ष नेपाली कांग्रेसले विश्वासको मत दिएसँगै प्रचण्डप्रति ओली त्रसित हुन थालेका थिए । आजसम्म आइपुग्दा (६० दिन पुग्दानपुग्दै) यी दुईको सम्बन्धमा दरार उत्पन्न भएको छ ।

यहीबीच माधवलाई राष्ट्रपतिमा उभ्याएर ओलीले प्रचण्डसँग नयाँ ढोक्सा थापेर आफूतिर तान्न खोजे पनि त्यसमा प्रचण्ड–माधव विश्वस्त देखिँदैनन् । जसकारण ओलीको विकल्पमा प्रचण्ड–माधव फरक राजनीतिक समीकरण बनाउन व्यस्त छन् भने ओली पुस १० मा जोडिएको सम्बन्ध जोगाउने कसरतमा । तर, घटनाक्रम यति अघि बढिसकेका छन् कि ओलीको जन्मदिनकै आसपासमा प्रचण्डले पुस १० मा गाँसेको ओलीसँगको सम्बन्ध औपचारिक रूपमा तोडेर ‘सर्प्राइज’ दिन खोजेका त होइनन् ?

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४