Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचनअघिको गठबन्धन ब्युताउने सहमति ‘लिखित सहमतिपछि सरकारमा पनि भागवण्डा गर्ने तयारी’


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ११ २०७९
  • 3.1K
    SHARES

काठमाडौं । निर्वाचनअघिको गठबन्धन ब्युताएर राष्ट्रपति निर्वाचनमा जाने विषयमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी बीच भद्र सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको छलफलमा बिहीबार साँझसम्म ठोस सहमति गरेर राष्ट्रपति निर्वाचनमा उम्मेदवार तय गर्ने निर्णय भएको हो ।

सरकार गठनको लागि नेकपा एमाले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्णायक साथ लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड”ले राष्ट्रपति निर्वाचनमा भने यी तीन दललाई बाहिर राख्ने रणनीति लिनुभएको छ ।

राष्ट्रपतिमा नेपाली कांग्रेसले अघि सार्ने उम्मेदवारलाई सहयोग गर्ने वचन उहाँले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई दिएपछि दलहरु निर्वाचनअघिको पुरानो गठबन्धन ब्युताउन सहमत भएका हुन् ।

लिखित सहमतिको आधारमा सरकारमा समेत भागबण्डा गर्ने उनीहरुको तयारी छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बीच बुधबारको छलफलपछि माधवकुमार नेपाल, उपेन्द्र यादव, महन्थ ठाकुर, सिके राउत र रेशम चौधरीको पार्टीलाई पनि एक ठाउँमा ल्याएर नयाँ गठबन्धन बनाउने सहमति जुटेको बैठकमा सहभागि एक नेताले जानकारी दिएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४