Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा फरार सांसद लक्ष्मी कोइरी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १० २०७९
  • 3.3K
    SHARES

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक गरेको छ । जहाँ फरार सांसद लक्ष्मी चौधरी कोइरीको पनि नाम समावेश छ ।

उनी निलम्बनमा नपरेका कारण उनको नाम मतदाता नामावलीमा समावेश भएको निर्वाचन आयोगका अधिकारीहरु बताउँछन् । मतदाता नामावलीका सम्बन्धमा दाबी, विरोध र उजुरी गर्ने समय सुरु भएको र उजुरी आएको खण्डमा त्यसउपर छलफल हुने पनि आयोगले जनाएको छ ।

गत ४ मंसिरको चुनावमा महोत्तरी-१बाट निर्वाचित कोइरीमाथि मधेस आन्दोलनका क्रममा एम्बुलेन्समा रहेका बिरामीलाई जबरजस्ती निकालेर हत्या गरेको आरोप छ । उनलाई उच्च अदालतले फरारको सूचीमा राख्दै पक्राउ गरेर अदालत पेस गर्न भनेको छ । तर, प्रहरीले पक्राउ गरेको छैन् ।

मतदाता नामावली प्रकाशन भएसँगै त्यसउपर विरोध र उजुरी गर्ने समय सुरु भएको छ । उजुरी आएको खण्डमा त्यसउपर छलफल हुने आयोगले जनाएको छ । दाबी विरोधको उजुरीमाथि फागुन १२ गते दिउँसो ३ बजेसम्म छानबिन गरी दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यातालिका छ ।

राष्ट्रपतिको पदको लागि १३ फागुनमा मनोनयन दर्ता र २५ फागुनमा मतदान हुनेछ । उपराष्ट्रपति पदको निर्वाचनका लागि २७ फागुनमा मनोनयन दर्ता र ३ चैतमा मतदान हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४