Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालले बनायो त्रिदेशीय श्रृंखलामा सबै खेल जित्ने किर्तीमान


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १० २०७९
  • 2.5K
    SHARES

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग–टू क्रिकेट अन्तर्गत त्रिदेशीय श्रृंखलाको सबै खेल जित्ने किर्तीमान बनाएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार भएको श्रृंखलाको अन्तिम खेलमा स्कटल्याण्डलाई २ विकेटले हराउँदै नेपालले नामिबियासहितको श्रृंखलामा सबै चार खेल जितेर किर्तीमान बनाएको हो ।

७ टोली सहभागि लिग टु क्रिकेटमा अहिलेसम्म कुनैपनि टोलीले त्रिकोणात्मक श्रृंखलाका सबै खेल जित्न सकेका थिएनन् ।

मंगलबार स्कटल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले अविजित ९५ रनको निर्णायक पारी खेले ।

यो जितसँगै नेपाल विश्वकप लिग टू क्रिकेटमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली समेत बनेको छ । आईसीसीको एक दिवसिय अन्तराष्ट्रिय मान्यता जोगाइराख्न नेपालले अब बाँकी रहेका दुई श्रृंखलामा ८ मध्ये कम्तिमा ५ खेल जित्नुपर्ने अवस्था छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४