Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागमती प्रदेश सभाको बैठक बस्दै, अध्यादेश प्रतिस्थापन विधेयक पेस गर्ने कार्यसूची


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १० २०७९
  • 2.3K
    SHARES

काठमाडौं । बागमती प्रदेश सभाको बैठक बस्दै, अध्यादेश प्रतिस्थापन विधेयक पेस गर्ने कार्यसूची१० फागुन, काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ ।

बैठकमा प्रदेश सरकारबाट जारी भएका अध्यादेशहरुको प्रतिस्थापन विधेयक पेस हुने सम्भावित कार्यसूची छ ।

यद्यपि बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठकका कार्यसूची तय गर्ने छ ।

राजेन्द्र पाण्डे नेतृत्वको अघिल्लो सरकारले पाँच वटा अध्यादेश जारी गरेको थियो । ती अध्यादेश शालिकराम जम्मकट्टेल नेतृत्वको वर्तमान सरकारले गत पुस १८ गते सदनमा पेस गरेको थियो ।

अध्यादेश पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत् पारित गरी प्रमाणित गर्नुपर्ने प्रदेश सभा नियमावलीको व्यवस्थाअनुसार आज प्रदेश सभा बैठक बस्न लागेको हो ।

प्रदेश सभा सचिवालयका अनुसार निजामती कर्मचारीसँग सम्बन्धित दुई अध्यादेशको प्रतिस्थापन विधेयक आजको बैठकमा पेस गरिने छ ।

यस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ संशोधन सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पनि पेस गर्ने कार्यसूची छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४