Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपतिको प्रस्ताव लिएर महन्थ ठाकुर पुगे प्रचण्ड भेट्न बालुवाटार


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ९ २०७९
  • 2.4K
    SHARES

काठमाडौँ । राष्ट्रपतिको प्रस्ताव लिएर लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् ।

मंगलबार बसेको शीर्ष नेताको बैठकले सहमतिमा अध्यक्ष ठाकुरलाई राष्ट्रपतिमा प्रस्ताव गर्ने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्न उनी बालुवाटार पुगेका हुन् । अध्यक्ष ठाकुरले आफ्नो साथमा वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्लालाई पनि लगेका छन् ।

महन्थ ठाकुरलाई राष्ट्रिय सहमतिको राष्ट्रपतिमा सहयोगका लागि प्रधानमन्त्रीसँग आग्रह गरिने सो पार्टीका कार्यकारिणी सदस्य एकवाल अहमदले बताएका छन्  ।

राष्ट्रपतिमा नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्रमा एकअर्का दलहरुको बीचमा सहमति नबनरिहेको बेला राष्ट्रपतिमा ठाकुरलाई प्रस्ताव प्रधानमन्त्री प्रचण्ड”देखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीसमक्ष राख्ने लोसपाको तयारी रहेको उनले बताएका छन् ।

लोसपाका नेताहरुले आज नभए भाेलि बिहानसम्म देउवा र ओलीलाई पनि भेट्ने तयारी गरेको सो पार्टीका नेता मनिष मिश्रले बताएका छन् ।

लोसपाले पनि सहमतिको आधारमा राष्ट्रपतिमा दाबी गर्ने भएको छ । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महन्थ ठाकुरलाई राष्ट्रपतिका लागि प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४