Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अरुको निम्ति मात्र बलिदान दिन नसक्ने माधव नेपालको भनाई


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ९ २०७९
  • 2.4K
    SHARES

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपति उम्मेदवारबारे अहिलेनै आफुले केही नबोल्ने बताउनु भएको छ ।

लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुन मंगलबार दाङ पुग्नु भएका नेपालले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राष्ट्रपतिबारे आफूले र आफ्नो पार्टीले अझै नसोचेको बताउनु भएको हो ।

तर उहाँले पावर सेयरिङमा भने आफ्नो पार्टीको पनि भूमिका हुनुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्ने र आफूहरुले अरुको निम्ति मात्र बलिदान दिन नसक्ने उल्लेख गर्नुभयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको भन्ने समाचारबारे मिडियामा आएका सबै कुरा सत्य नहुने बताउनुभयो ।

नेपाल र ओलीबीच राष्ट्रपतिको उम्मेदवारबारे भेटवार्ता भएको र ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गर्नुभएको समाचार बाहिर आएको थियो । नेकपा एकीकृत समाजवादीका नेता एवं सांसद मेटमणी चौधरीले कहीं कतैबाट औपचारिक रुपमा यस्तो प्रस्ताव नआएको र त्यो अफवाह मात्रै भएको बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४