Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ९ २०७९
  • 3.2K
    SHARES

काठमाडौं । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको हो ।

गत २ फाुगनमा बोर्डले मन्त्रालयलाई मूल्य विश्लेषण प्रतिवेदन बुझाएको थियो । जसअनुसार लिटरमा १४ रुपैयाँसम्म लागत महँगिएको भए पनि १० रुपैयाँ मात्रै बढाउन सिफारिस गरिएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । ‘ब्याजदर, इन्धनमा भएको मूल्यवृद्धि र दाना चोकरको मूल्यका कारण किसानहरु नोक्सानीमा गएको देखियो,’ बोर्डका निमित्त कार्यकारी निर्देशक बालक चौधरीले भने, ‘किसान बचाउनका लागि १० रुपैयाँसम्म मूल्य बढाउनु पर्ने देखियो ।

चौधरीकाअनुसार किसानको दुग्ध उत्पादन लागतबारे बोर्डले सातै प्रदेशमा अध्ययन गरेको थियो । जसअनुसार मूल्य बढाउनै पर्ने देखिएको उनले बताएका छन्  ।

बोर्डले गत २ फागुनमा मूल्य बढाउनेबारेको अध्ययन प्रतिवेदन मन्त्रालयका सचिवलाई बुझाएको थियो । मूल्य बढ्न प्रतिवेदनबारे मन्त्रालयले थप छलफल गरेर मन्त्रिपरिषद्‍मा मूल्य सिफारिस गर्नेछ । सरकारले मूल्य बढाउनेबारे निर्णय लिनु पर्छ ।

तर, कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले दूधको मूल्यबारे जानकारी नभएको बताएका छन् । ‘मैले पनि बाहिरबाट कुरा सुनें, प्रक्रियामै रहेको कुरा थाहा हुन्न, निर्णय भएर आएपछि मात्रै जानकारी हुन्छ ।

गत वर्ष २८ माघमा पनि सरकारले सबै प्रकारका दूधको उपभोक्ता मूल्य लिटरमा ९ देखि १४ रुपैयाँसम्मले बढाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४