Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पोखरा विमानस्थल नजिकै जहाजमा ठोक्कियो चरा (भिडियोसहित)


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ९ २०७९
  • 2.9K
    SHARES

काडमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै उडिरहेको बेला जहाज चरासँग ठोक्किन पुगेको छ । बुद्ध एयरको जहाज विमानस्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोक्किएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

फेसबुकमा ‘इस्यू ब्रो’ नामक प्रयोगकर्ताले यो भिडियो अपलोड गरेका छन् । उनले भिडियोमा उल्लेख गरेजस्तै पोखरा विमानस्थलको नजिक चराको गतिविधि अत्यधिक हुने गरेको छ । यसले उडान सुरक्षालाई चुनौती दिइरहेको छ ।

भिडियोमा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेका छन्, ‘प्लेन खस्नु भन्दा त चिल नै खसेको ठिक हो नी ।’ केही प्रयोगकर्ताले पोखरा महानरगपालिकाका मेयर धनराज आचार्यलाई मेन्सन गर्दै फोहोर व्यवस्थित बनाउन जोड दिन अनुरोध गरेका छन् ।

बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णले आफूले पनि यो भिडियो सामाजिक सञ्जालमा देखेको भन्दै यसलाई गम्भीर रुपमा लिनु पर्ने बताएका छन्  ।

चराको यति बाक्लो गतिविधि हवाई सुरक्षालाई चुनौती हो,’ उनले भने, ‘यसलाई गम्भीर रुपमा लिनुपर्छ ।’

हामीलाई रिर्पोटिङ छैन : पोखरा विमानस्थल प्रमुख गौतम

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख बिक्रम गौतमले भने यो घटनाबारे विमानस्थलमा कुनै औपचारिक रिर्पोटिङ नआएको प्रतिक्रिया दिएका छन्  ।

‘हिजो यो भिडियोबारे मलाई पनि जानकारी आएको थियो, हेरें । तर कहिलेको हो, कहाँ हो, यसबारे कुनै रिर्पोटिङ छैन ।

उनले पोखरा विमानस्थल नजिकै चराको गतिविधि देखिनु सामान्य भएको समेत प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४