काठमाडौं । आज नेपाली सेनाको २६०औँ सेना दिवस विषेश कार्यक्रम गरि मनाइँदै छ ।
नेपाली सेना गठन गरेको उपलक्ष्यमा हरेक वर्ष महाशिवरात्रीका दिन सेना दिवस मनाउने गरिएको छ । सो क्रममा सैनिक मञ्चमा विशेष कार्यक्रमका साथ सेनाले सेना दिवस मनाउने गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्चमा झाँकी, घोडा दौड, सैनिक परेड, हतियारले सुसज्जित सवारीदेखि हेलिकोप्टरबाट पुष्पबृष्टी पनि गरिन्छ ।
टुँडिखेलमा बिहान ११ बजे विशेष प्रदर्शन गरि दिवस मनाउन सुरु गरिन्छ भने सो अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्याधीश, सभामुख, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख र सदस्य तथा सरकारका उच्चअधिकारीको उपस्थिति रहनेछन् ।