Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गर्भ बसेपछि के के हुन्छ ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन ५ २०७९
  • 5.9K
    SHARES

गर्भ रहेपछि महिलाले विशेष किसिमको अनुभव गर्छिन् । त्यो पल खुसी, अलिकति उत्सुकता, भावी बच्चाको माया र अलिकति डर मिश्रित अनुभव हुन्छ ।

नौ महिनासम्मको गर्भावस्थामा सुरुको महिनालाई पहिलो त्रैमासिककको रुपमा लिइन्छ । पहिलो महिनामै कस्तो खालको शारीरिक र भावनात्मक परिवर्तन हुन सक्छ भन्ने ज्ञान भयो भने आउने महिनाका लागि तयार रहन सहज हुन्छ ।

गर्भ रहेको पहिलो संकेत महिनावारी नियमित नहुनु हो । त्यस्तै सुरुवाती समयमा महिलामा एचसीजी र प्रोजेस्टोरेन हार्मोनले गराउने अन्य शारीरिक परिवर्तन देखिन्छन् । व्यक्तिपिच्छे शरीरले प्रतिक्रिया पनि फरक हुन्छ । जसकारण सबैमा सबै लक्षण नदेखिन पनि सक्छ । कुनै महिलामा कुनै पनि लक्षण पनि नदेखिन सक्छ ।

छाती सुनिन्ने वा दुख्ने

हार्मोनल परिवर्तनले छाती दुख्ने र सुन्निने हुन्छ । सुरुमा अप्ठ्यारो महसुस भएपनि केही सातापछि हार्मोनल परिवर्तनलाई शरीरले बिस्तारै ग्रहण गर्दै जान्छ ।

खानेकुराप्रति घृणा

गर्भवती भएपछि कुनै खानेकुराको नाम सुन्दै मुखमा पानी आउने गर्छ भने कुनै खानेकुराको गन्ध आउने बित्तिकै वाकवाकी समेत लाग्नेगरी स्वाद परिवर्तन हुन सक्छ । वाकवाकी बारम्बार आइरहेको छ भने चिकित्सकलाई देखाउनुपर्छ । यो समस्या दुई महिनापछि बिस्तारै कम हुँदै जान्छ ।

मर्निङ सिक्नेस

गर्भावस्थामा महिलाको हार्मोनल तह उच्च भएको समयमा र मर्निङ सिक्नेस हुन सक्छ । यसबाट उन्मुक्ति पाउन खाली पेट बस्न हुँदैन । एक-दुई घण्टामा बिस्तारै केही मात्रामा बोसो कम भएको खानेकुरा खानुपर्छ । वाकवाकी लगाउने र गन्ध आउने खानेकुरा सकेसम्म खान हुँदैन । झोल पदार्थ पर्याप्त मात्रामा खानुपर्छ ।

पिसाब छिटो-छिटो आउनु

पहिलेको भन्दा बढी पिसाब बढी मात्रामा गर्भवती भएको बेलामा आइराख्ने हुँदा पटक-पटक शौचालय जानुपर्ने हुन सक्छ । गर्भावस्थाको समयमा शरीरमा रगतको मात्रा बढ्छ, जसले गर्दा मिर्गौलाले तरल पदार्थलाई प्रशोधन गर्छ, जुन मूत्राशयसम्म पुग्छ ।

थकान

गर्भावस्थाको सुरुवाती दिनमा प्रोजेस्टोर हर्मोनको स्तर बढ्छ, जसले थकान महसुस हुन्छ । त्यसका लागि स्वस्थ खानेकुरा खाने, शरीरमा ऊर्जा ल्याउन हल्का खालको व्यायाम र पर्याप्त आराम जरुरी हुन्छ ।

कब्जियत

प्रोजेस्टेरोन हार्मोनको उच्चस्तरले पाचन प्रणालीमार्फत खानाको गतिलाई सुस्त बनाउने र त्यस समय खाने आइरन सप्लिमेन्टले पनि थप कब्जियतको समस्या आउन सक्छ । कब्जियत रोक्न वा कम गर्न, आहारमा प्रशस्त फाइबर समावेश गर्नुका साथै धेरै तरल पदार्थ पिउनुपर्छ । नियमित शारीरिक गतिविधिले पनि कब्जियत कम गर्न मद्दत गर्छ ।

भावनात्मक परिवर्तन

गर्भावस्थामा महिला हर्षित, चिन्तित, उत्साहित र थकित महुसस हुन सक्छिन् । कहिलेकाहीं एकैपटक पनि ती सबै भावना आउन सक्छ । खुसीका कुरा हुन् वा दुःखका कुरा आँखाबाट आँसु बग्ने वा भावुक हुने सम्भावना हुन्छ ।

मानसिक समस्या पहिलेदेखि भएमा झनै गर्भवती भएपछि तनाव बढ्न सक्छ । त्यस समयमा बच्चा स्वस्थ छ वा छैन, कस्तो जन्मिन्छ ? नौ महिनाको दौरान र प्रसूति कस्तो हुन्छ ? भन्नेदेखि काम गर्दै गरेको महिलामा करिअरमा सन्तुलनसँगै गर्न नसकिएला भन्ने चिन्ता हुन सक्छ । यस समय मुड स्वीङ हुने समस्या सामान्य हो । जसकारण सकेसम्म एक्लै नबस्ने परिवार वा श्रीमानसँग समय बिताउने र मनमा लागेको कुरा आदानप्रदान गर्दा समस्या कम हुन्छ ।

स्वास्थ्य जाँच

योजनाअनुसार नै सन्तानको लागि पूर्वतयारी गर्नुपर्छ । पूर्वतयारीमा फोलिक एसिड चक्की अनिवार्य खाएको राम्रो हो । गर्भवती भएपछि पनि यो औषधिलाई तीन महिनासम्म निरन्तरता दिनुपर्छ । यसले सन्तानको मरुदण्डमा हुन सक्ने सम्भावना कम गर्ने र टाउकोको हड्डीको विकासमा मद्दत गर्छ । सामान्य अवस्थामा भन्दा गर्भावस्थामा थाइराइड, सुगरको मात्रामा परिवर्तन आउन सक्ने हुँदा त्यसको परीक्षण गराउनुपर्छ । हेमोग्लोबिनको मात्रा, यौन प्रसारित रोग (एचआईभी, भिरिंगी र हेपाटाइटिस बी)को परीक्षण गर्नुपर्छ । सात हप्तापछि भिडियो एक्सरे वा अल्ट्रा साउण्ड गरेर बच्चाको मुटुको धड्कनको अवस्था र पाठेघरभित्र वा बाहिर शिशु छ भनेर हेर्नुपर्छ । यी सबै परीक्षण दक्ष स्वास्थकर्मीबाट निःशुल्क गराउन सकिन्छ । त्यस्तै, पहुँच भएको अवस्थामा स्त्रीरोग विशेषज्ञको परामर्श लिनु उपुयुक्त हुन्छ ।

श्रीमान र परिवारको साथ

गर्भावस्थाको समय अलि चुनौतीपूर्ण पनि हुन्छ । यसबेला बढी भावुक हुने र मुड स्वीङ भइराख्ने हुँदा गर्भवती महिलाको कुरा सुन्ने, सल्लाह दिनेजस्ता शारीरिक र मानसिक रुपमा श्रीमानको साथ अतिआवश्यक हुन्छ । सुरुवाती दिनदेखि नै श्रीमान र परिवारको हेरचाह र हरेक उतारचढावमा साथ मिल्दा सुरुवाती महिनादेखि प्रसूतिको समयसम्म नै जटिलता कम हुन सक्छ । आफूलाई राम्रो लाग्ने केही सिर्जनशील कुरामा व्यस्त गराउने, साथीभाइसँग भेटघाट गर्ने, घुम्न जानेजस्ता कुराले गर्भावस्थामा खुसी मिल्न सक्छ, जसले सन्तान र आमा दुवैको स्वास्थ्यलाई राम्रो बनाउँदै लैजान्छ ।

ध्यान दिनुपर्ने कुरा

सुरुको तीन महिनासम्म यौन सम्बन्ध बनाउनु हुँदैन । किनभने जब बच्चाको मुटुको धड्कन देखिसकेको हुँदैन तबसम्म बच्चाको स्वास्थ्य अवस्थाबारे यकिन गर्न सकिंदैन । भारी हुने काम, सकेसम्म लामो यात्रा, धुम्रपान र मद्यपान गर्नुहुँदैन । स्वास्थ्य समस्या देखिएमा चिकित्सकको सल्लाहविना कुनै पनि औषधि खानुहुँदैन ।

एक्लै बस्दा तनाव बढ्न सक्ने हुँदा सकारात्मक ऊर्जा आउने ठाउँमा बस्ने, पोषिलो खानेकुराले नै बच्चा र आमा दुवैको स्वास्थ्य राम्रो बनाउने हुँदा प्रशस्त मात्रामा भिटामिन, फाइबर, खनिज भएका खानेकुरा खाने, दिनको ३० मिनेट जति हिंडडुल गर्ने, प्रेरणा दिने खालका प्रवचनजस्ता ज्ञानका कुरा सुन्ने, संगीत सुन्नेजस्ता कुरामा ध्यान दिनुपर्छ । कुनै पनि भिटामिन खान सुरु गर्नुअघि आफ्नो डाक्टरसँग परामर्श गर्नुपर्छ ।

डा. दीपा चुडाल पौडेल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् । उनी नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४