Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आफ्नाे भवन नहुँदा वार्षिक १५ लाखसम्म भाडा तिर्न बाध्य स्थानीय तह


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन ५ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । देश संघीयतामा गएकाे ८ वर्ष पूरा भइसक्न लागिसकेकाे छ ।

तर पनि देशका अधिकांश जिल्लाका स्थानीय तहहरूले विविध समस्याका कारणले आफ्नै प्रशासनिक भवन बनाउन अझैसम्म सकेका छैनन् । जसकाे उदाहरणका रूपमा बझाङ जिल्लालाई लिन सकिन्छ । जहाँ १२ वटा स्थानीय तहहरुमध्ये ७ वटा पालिकाहरुले मात्रै आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।

अन्य ५ वटा पालिकाले भने आफ्नो पालिकाको भवन निर्माण गर्न अझै सकेका छैनन् । वार्षिक रुपमा लाखौं रुपैयाँ भाडा तिर्दै आएका छन् । जिल्लाको सबै भन्दा विकट र भौगोलिक हिसाबले टाढा रहेको साईपाल गाउँपालिकाले वार्षिक रुपमा १० लाख भाडा तिर्दै आएको छ ।

कार्यालय संचालनका लागि स्थानीयको घर भाडामा लिएर काम अघि बढाउनु परेको साईपाल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जोशीले बताउनुभयाे । उहााले पालिकामा अहिलेसम्म इन्टरनेट सेवा समेत नभएकाे बताउनुभयाे ।

उता केदारस्युँ गाउँपालिकामा समेत भवन अभावका कारण भाडाको घरबाट नै सेवा प्रवाह गर्ने कार्य भइरहेकाे छ । तत्कालीन समयमा रायल गाविसको भवनमा गाउँपालिकाको कार्यालयले काम कारबाही अघि बढाएको छ । साेही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्यायले अन्य शाखाहरु देखि वडा कार्यालय र स्टोर संचालन लगायतका कामका लागि घर भाडामा लिएर काम अघि बढाएकाे बताउनुभयाे ।

वार्षिक रुपमा करिब पालिका भरीको १० देखि १५ लाख रुपैयाँ भाडामा जाने गरेको छ । पालिकाको भवन निर्माणका लागि आवश्यक प्रकृया अघि बढाई निर्माणको कार्य भइरहेको उहाँले बताउनुभयाे । पालिकाका वडा कार्यलयहरुको भवन समेत निर्माणको कार्य अन्तिम चरणमा रहेको पनि उहाँले बताउनुभएकाे हाे । भवन निर्माण भएपछि पालिकालाई ठूलो राहात हुने उहाँले बताउनुभयाे ।

त्यस्तै, जिल्लाको बुंगल नगरपालिकाले समेत वार्षिक रुपमा ८ लाख भन्दा बढी घर भाडा तिर्दै आएको बुंगल नगरपालिकाका मेयर जयबहादुर धामीले जानकारी दिनुभयाे। अहिले नगरपालिकाले भवन निर्माणका लागि हाडकोटमा जग्गा लिएर भवन निर्माणको डेन्डर भइसकेको उहाँले बताउनुभयाे ।

यता दुर्गाथली गाउँपालिकाले समेत तत्कालीन चौधारी गाविसको भवनबाट सेवा प्रवाह गरी रहेको छ । गाउँपालिकामा प्राप्त भवन अभावका कारण वार्षिक ६ लाख बराबर भाडा तिरेर विभिन्न शाखाहरु संचालन गरी रहेको प्रमुख प्रशासकीय अधिकृत देविप्रसाद जोशिले बताउनुभयाे । पालिकाको प्रशासनिक भवनका लागि डिपिआर भएर भवन निर्माणको काम अघि बढिसकेको उहाँले बताउनुभयाे ।

साथै सुर्मा गाउँपालिकाले समेत वार्षिक रुपमा ७ लाख भन्दा बढी भाडा तिरेर सेवा प्रवाह गर्दै आएको छ । तत्कालीन दौलिचौर गाविसको भवनमा प्राप्त ठाउँ नभएका कारण घर भाडा लिएर पालिकाको काम अघि बढाएको पाईएको छ । तर वडा नम्बर १ र २ ले भने आफ्नै भवनबाट कार्य सम्पादन गरिरहेका भएपनि वडा नम्बर ४ र ५ को भवन निर्माणको काम भने अन्तिम चरणमा रहेको छ । वडा नम्बर १ को ब्यवस्थापन गर्न बाँकी रहेको र पालिकाको भवन निर्माणका लागि डिपिआर भएर काम सुरु गरिएको छ ।

जिल्लाको थलारा गाउँपालिकाले भने १ महिना अघिदेखि आफ्नै नवनिर्मित भवनबाट सेवा प्रवाह गर्न सुरु गरेको पालिकाका इन्जिनियर संगित रोकायाले बताउनुभयाे । १ करोड ६८ लाख २७ हजार ३ सय ८२ रूपैयाँकाे लागतमा २०७९ कार्तिक ५ गते जागृति मुनाल जे.भि.ले निर्माण कार्य सम्पन्न गरी पालिकालाई हस्तान्त्रण गरेको हो । भुइँतलामा निर्माण भएको यो भवनमा १ वटा हल ९ वटा कोठा, महिला पुरुषका लागी २/२ वटा सौचालय रहेका छन् । पालिकाको कार्य सम्पादनका लागि भवन प्राप्त नभएका कारण तलो थप्नका लागि टेन्डर प्रकृया अघि बढी सकेको इन्जिनियर रोकायाले बताउनुभयाे।

वार्षिक रुपमा करिब ५ लाख भन्दा बढी घरभाडा तिर्दै आएको थलारा गाउँपालिकाले अब घरभाडा तिर्नु नपर्ने प्रमुख प्रशासकिय अधिकृत सिद्धराज पण्डितले बताउनुभयाे । पालिकामा घर भाडामा पनि लिन समस्या भएकाे उहाँले बताउनुभयाे । ब्यक्तिहरुको घर नपाएर थलारा बहुमुखी क्याम्पसका भवनहरु भाडा लिएर पालिकाको कामहरु अघि बढाएकाे उहाँकाे भनाइ छ । अहिले आफ्नै भवनबाट सेवा प्रवाह गरेपछि सेवाग्राहीहरुलाई समेत सहज भएको उहाँकाे तर्क छ ।

यता मष्टा गाउँपालिकामा पनि भवन अभावका कारण भूकम्पले चर्कीएको भवनबाट सेवा प्रवाह गर्नुपरेको छ । पानी आउदा चुहिने र साँघुरा कोठाहरुबाट सेवा प्रवाह गर्नु परेको पालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराले बताउनुभयाे । पुरानो भातेखोला गाविसको भवनबाट सेवा प्रवाह भइरहेको उहाँकाे भनाइ छ । पालिका भरीका वडाहरुदेखि आधारभूत स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीका भवनहरु जीर्ण अवस्थामा रहेकाे उहाँले बताउनुभयाे । पालिकाको भवन निर्माणका लागि जग्गाको जोहो नै नभएको उहाँले बताउनुभयाे । अहिले बल्ल तल्ल जग्गा दान गर्ने महान ब्यक्ति पाएपछि पालिकाको नाममा जग्गा पास गरेकाे उहाँकाे भनाइ थियाे । अस्पातल र पालिकाको भवन निर्माणका लागि डिपिआर भएर बजेटको माग गरिएको उहाँले बताउनुभयाे ।

जिल्लाको खप्तडछान्ना गाउँपालिका, जयपृथ्वी नगरपालिका, विथ्थडचिर गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, तलकोट गाउँपालिकाले भने आफ्नै भवनहरुबाट सेवा प्रवाह गरी रहेका छन् । तल्कोट गाउँपालिकामा सुविधा सम्पन्न भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । खप्तडछान्ना गाउँपालिकामा भने करिब ५ करोडको लागतमा सुविधा सम्पन्न भवन निर्माण भइ सेवा प्रवाह सुरु भइसकेको पालिकाका अध्यक्ष उत्तमबहादुर रोकायाले बताउनुभयाे ।

जिल्लाका २ वटा नगरपालिका मध्ये जयपृथ्वी नगरपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गरी रहेको छ बुंगल नगरपालिकाले भवन निर्माणको कार्य भर्खर अघि बढाएको छ । १० वटा पालिकामध्ये खप्तडछान्ना, थलारा, तलकोट, छविसपाथिभेरा र विथ्थडचिर गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गरी रहेको जिल्ला समन्वय समितिका संयोजक नरबहादुर बोहराले बताउनुभयाे।

बुंगल नगरपालिका, केदारस्युँ गाउँपालिका, दुर्गाथली गाउँपालिका, साईपाल गाउँपालिका र सुर्मा गाउँपालिका भने भाडाकै भरमा संचालनमा रहेका उहाँकाे भनाइ थियाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४