Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सडक डिभिजन बुटवलले १२ कम्पनीलाई सोध्यो– ठेक्का किन नतोड्ने ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ४ २०७९
  • 2.9K
    SHARES

काठमाडौं । सडक डिभिजन कार्यालय बुटवलले काम सन्तोषजनक नभएका १२ वटा निर्माण कम्पनीसँग ठेक्का किन नतोड्ने भनेर स्पष्टीकरण सोधेको छ ।

बिहीबार सूचना प्रकाशित गर्दै सडक डिभिजनले ठेक्का तोड्न नपर्ने कारण भए १५ दिनभित्र पेस गर्न भनेको छ । विश्वसनीय स्पष्टीकरण र अबिलम्ब निर्माण सम्पन्न गर्ने यथेष्ट कार्ययोजनासहित कार्यालयमा उपस्थित हुन सडक डिभिजन कार्यालयले सूचना जारी गरेको छ । विश्वसनीय स्पष्टीकरण नभए थप प्रक्रिया अगाडि बढाइने सडक डिभिजनको चेतावनी छ ।

१५ दिने स्पष्टीकरण सोधिएका कम्पनीहरुमा बिरुवा कन्स्ट्रक्सन प्रालि काठमाडौं, द कन्चनजंघा/बिरुवा जेभी काठमाडौं, मृत संजिवनी निर्माण सेवा प्रालि हेटौंडा, बोखिम शान्ति जेभी काठमाडौं, निलगिरि÷नेशनल जेभी काठमाडौं, खाम्पाचे शेर्पा निर्माण सेवा प्रालि काठमाडौं छन् ।

यसैगरी चण्डी÷सिद्धबाबा जेभी रुपन्देही, थापा कन्स्ट्रक्सन प्रालि नवलपरासी, समिर–मर्चवार जेभी रुपन्देही, मजदुर कन्स्ट्रक्सन सुर्खेत, सफिक निर्माण सेवा रुपन्देही र वाइड एंगल निर्माण सेवा भक्तपुरलाई पनि स्पष्टीकरण सोधिएको छ ।

ती कम्पनीहरुले बेलहिया–बुटवल सडक, तिनाउ नदी–मैनिहवा, दानव नदी पुल–छपिया बजार, भुमही खोला पुल–पेपरमिल बाइपास रोड, भैरहवा परासी भुमही सुनौली बाइपास, धागो कारखाना योगीकुटी तामनगर सडक, राजमार्ग चौराहा मेडिकल कलेज योगिकुटी तपाहा लाइन शिवपुर तिलोत्तमा सडक, बुटवल कोठी र चिडियाखोला सिद्धबाबा सडकखण्डमा काम गर्ने जिम्मा पाएका थिए ।

स्पष्टीकरण सोधिएका निर्माण कम्पनी र तोकिएको समयमा सम्पन्न नभएका आयोजना :

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४