Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपति चुनावमा कांग्रेसले ढोक्सा थाप्छ : प्रदीप पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन ३ २०७९
  • 3.5K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रको अविभावक, संविधानको संरक्षण गर्न सक्ने राष्ट्रपति मुलकुलाई चाहिने बताएका छन् । यसका लागि आफ्नो पार्टीले प्रयास गरिरहेको उनको भनाइ छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा उनले रबरस्ट्याम्प राष्ट्रपति बनाउने प्रयास भइरहेको उल्लेख गर्दै कांग्रेसले त्यसको प्रतिवाद गर्ने बताएका छन् ।

यहाँ राष्ट्रपति चाहिएको होइन । रबरस्ट्याम्प राष्ट्रपति चाहिएको छ । आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको छ । आवश्यकता पर्‍यो भने सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ’, उनले भने, ‘त्यस्तो राष्ट्रपतिको प्रतिवादमा कांग्रेस उत्रिँदै गर्दा कांग्रेसले ढोक्सा थापेको मानिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौं ।

यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थाप्न खोजेको हो भने कांग्रेसको ढोक्सामा माछा नपर्ने टिप्पणी गरेका थिए ।

राष्ट्रपतिकै चुनावलाई लिएर सत्ता समीकरण फेरिन सक्ने कतिपयको आंकलनका सन्दर्भमा पनि पौडेल बोलेका छन् । उनी भन्छन्, ‘हामी स्थिरताको पक्षमा छौं । गठबन्धन भत्कियोस् भन्ने चाहना छैन । तर, सुदूरपश्चिममा गठबन्धनमा भत्कियो । यो कांग्रेसका कारणले भत्किएको हो कि जगैदेखि हल्लिएर भत्किएको हो हामी प्रश्न गर्न चाहन्छौं ।’

पहिला ७ दल रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा ४ पार्टीका नेता मात्रै देखिन थालेको भन्दै पौडेलले ब्यङ्ग्य गरे । ‘उच्चस्तरीय संयन्त्रको बैठकमा पहिले ७/८ जना देखिन्थे । अहिले ४ जना देखिनिुहुन्छ । बाँकी कता जानुभयो ?’

पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बालकोट र बालुवाटारमा भेटका लागि दौड चलिरहेको उल्लेख गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएकोबारे प्रश्न गरे । । पौडेलले सोधे, ‘जसपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा किन गएन ? कांग्रेसले ढोक्सा थापेर ! रास्वपा किन सरकारबाट बाहिरियो ? कांग्रेसले बाला देखाएर ?’

गत माघ २२ गते प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले बुढो बाघले आफ्नो आहारका लागि जुक्ति लगाउन बाला देखाएर महिलालाई बोलाएको कथा सुनाएका थिए । कांग्रेसले बुढो बाघले झैँ बाला देखाएर माओवादी केन्द्र लगायतका दलहरुलाई वर्तमान सत्ता गठबन्धनबाट निकाल्न खोजेको ओलीको आशय थियो ।

नेता पौडेलले संसद विघटन सही थियो भन्ने एमाले अध्यक्ष ओलीको भनाइको पनि खण्डन गरे । ‘संसद विघटनको महिमा गान गाएको पनि सुन्यौं । वास्तवमा संसद विघटन कायरता थियो । कायरतालाई छोप्न बहादुरी प्रदर्शन गर्न खोजिएको छ’ नेता पौडेलले थपे, ‘चुनौती दिन चाहन्छु – कायरता दोहोरिन दिइने छैन ।’

नेकपा एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतलाई आफ्नो पार्टीको कानुन विभागलाई जसरी ललकार्ने प्रयास गरेको भन्दै पौडेलले आलोचना गरे । ‘संसद विघटनको भोक र सनक नमेटिएको पाइयो । यो संसद पनि असुरक्षित छ भनेर अनुमान गर्ने स्थिति बनेको छ । त्यसकारण हामी यो विषयमा गम्भीर संसदमा उभिन जरुरी छ’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४