Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालाजुमा लुट मच्चाउनेमाथि कारबाही हुनुपर्छ : सांसद महत


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन ३ २०७९
  • 2.3K
    SHARES

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालाजुस्थित बसपार्क क्षेत्रमा दुई दिनअघि मजदुर आन्दोलनका नाममा भएको लुटपाटलाई लिएर संसदमा प्रश्न उठेको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले व्यवसायीका कयौँ पसल र दोकान लुटिँदा समेत सरकार रमिते बनेको बताएका छन् ।

काठमाडौँको मुटुमै मजदुर या अन्य समूहको नाममा लुट मच्चिएको छ। राजधानीमै सरकारले सुरक्षा दिन सक्दैन भने गाउँका मानिसको हालत के होला ? नेपाली कांग्रेस प्रवक्ता समेत रहेका महतको प्रश्न छ । यातायात मजदुरको नाममा दिनदहाडै लुटपाट भएको भन्दै यथार्थ छानबिन गरेर न्यायिक निरुपण गरिनुपर्ने महतले बताएका छन् ।

मजदुर प्रवेश गरेका हुन् कि कुनै शक्तिको आडमा संलग्न भएका छन् कि ?’ उनले भने, ‘त्यसको यथार्थ छानबिन गरेर न्यायिक निरूपण गरिनुपर्छ। सरकारले यी घटनामा संलग्नलाई परिणाम आउने गरी कारबाही गरोस्। डा. महतले बसपार्क क्षेत्रको ल्होत्से मलसहितमा भएको लुटपाटमा संलग्नलाई कारबाही नभएमा देशभर नकारात्मक सन्देश जाने पनि बताएका छन् ।

‘यसले देशभर नकारात्मक सन्देश जान्छ । कारबाही नभए देशभर अराजकता फैलिन्छ,’ उनले भने । यसरी अराजकता फैल्याउने र लुट मच्चाउनेमाथि सरकारले कारबाही गर्नुपर्नेमा उनको जोड रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४